मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतको अघोषित नाकाबन्दीविरूद्ध चितवनमा प्रदर्शन

भारतको अघोषित नाकाबन्दीविरूद्ध चितवनमा प्रदर्शन


चितवन । चितवनका युवाहरुले भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा शनिबार प्रदर्शन गरेका छन् । उनीहरुले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भारतविरूद्ध विरोध प्रदर्शन गरेका हुन् ।   
 
शनिबार बिहान स्वतःस्फूर्त रुपमा भारतको विरोधमा भरतपुरमा ¥यालीसहित विरोध प्रदर्शन भएको हो । विरोध ¥यालीमा सहभागीहरुले भारतले अघोषित नाकाबन्दी गरी हस्तक्षेपकारी भूमिका खेलेको बताए । भरतपुरको वीरेन्द्र क्याम्पसबाट सुरू भएको विरोध ¥याली चौबिसकोठीमा आएर समापन भएको थियो । 
 
‘सक्छस् भने भारत पूर्ण नाकाबन्दी गर’जस्ता चेतावनीले भरिएका प्लेकार्ड बोकेर युवाहरु विरोध जुलुसमा सहभागी भएका थिए । कुनै संघसंगठनको आयोजनामा नभई आफूहरु स्वस्फुर्त रुपमा जुलुसमा आएको सहभागीहरुले बताए । नारायणगढ बेलटाँडीका युवा दीवाकर पोखरेलले भने ‘फेसबुकमा सूचना रहेछ । त्यही हेरेर भाग लिन आएँ ।’
 
जुुलुसमा एमाले निकटका विद्यार्थी नेताहरु पनि सहभागी थिए । ‘भारतले नेपालको सन्दर्भमा अहिले जे गरेको छ त्यो हस्तक्षेप नै हो । यस्तो अवस्थामा युवावर्ग जाग्नुपर्छ । नेपालमा संविधान जारी हुँदा भारतले समस्या सिर्जना गर्नु हुँदैन’ जुलुसमा सहभागी निरज भट्टले भने । सहभागीहरुमा माओवादी निकटका व्यक्तिहरु पनि देखिन्थे । 
 
¥यालीका युवाहरुले भारतविरूद्ध अभियानहरु चलाउँदै जाने र बृहत जुलुस निकाल्ने योजना रहेको सहभागीहरुले बताए । भन्सार नाकामा भएको अवरोध र एक महिनाभन्दा लामो मधेस आन्दोलनको प्रभावले जनजीवन कष्टकर बनेको छ । इन्धन आपूर्ति रोकिँदा कलकारखाना यातायात र दैनिक जीवन समस्यामा पर्ने भएपछि विरोध सुरू भएको हो । 
 
संविधानसभाले असोज ३ गते संविधान जारी गरे पनि भारतले अझै समर्थन गरेको छैन । संविधानप्रति असहमति जनाउँदै आएको मधेसी समुदायको मागसँग भारतले सहानुभूति राख्दै अघोषित नाकाधबन्दी गरेपछि काठमाडौँमा पनि भारतविरूद्ध विरोध प्रदर्शन भएको छ ।
 
भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा नेपाल आएका त्यहाँका विदेश सचिवले केही समय पछाडि मात्रै संविधान जारी गर्न गरेको आग्रहलाई अस्वीकार गरेर मुख्य दलहरुले नेपालमा संविधान जारी गरेपछि भारत बेखुसी देखिएको हो । जसका कारण भारतले अघोषित नाकाबन्दी लगाएको दलहरुले बताएका छन् ।
 
पछिल्लो समय भारतबाट भएको अघोषित नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थको अभाव भएको छ । 
मधेस केन्द्रित राजनीति गर्दै आएका दलहरुले तराई क्षेत्रका भन्सार नाकामा धर्ना दिएसँगै भारतले पनि केही दिनयता माल सामान तथा इन्धन बोकेर नेपाल आउने गाडीहरुको आवागमन रोकेको छ । भन्सार नाकाहरुमा भएको व्यवधानमा भारतको भूमिका रहेको भन्दै नेपालमा ठाउँठाउँमा विरोध प्रदर्शनहरु भएका छन् ।