मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भट्टराईद्वारा एमाओवादी पार्टी परित्याग

भट्टराईद्वारा एमाओवादी पार्टी परित्याग


काठमाडौँ । एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् । भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई सांसद्बाट पनि परित्याग गरेका छन् । पत्रकार सम्मेलनअघि साधरण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा एमाओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेका थिए ।

उनले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको बताए । ‘अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन’, उनले भने’ केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशील हुनेछु ।’

उनी र प्रचण्डबीचको तीन दशक लामो सहयात्रा टुंगिएको छ । यसअघि संविधानको विजयोत्सव मनाउनेक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाबुरामलाई ३० वर्षदेखि झेलिरहेको जनाउँदै एक वर्ष उनलाई कसैले झेल्न भनेका थिए । राजीनामा पत्र उनले सभामुख सुवास नेम्वाङलाई बुझाइसकेका छन् ।