मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबारबाट जोर–बिजोर प्रणालीमा सवारी साधन सञ्चालन गरिने

आइतबारबाट जोर–बिजोर प्रणालीमा सवारी साधन सञ्चालन गरिने


तेल अभाव हुन थालेपछि भोलि आइतबारदेखि देशभरि जोर र बिजोर गाडी चल्ने भएका छन् ।
 
सिमानाकामा भारतीय पक्षले नाकाबन्दी गरेका कारण तेल आयातमा कमी भएकाले भोलीदेखी जोर बिजोर गाडी चलाउन गृहमन्त्रालयले निर्देशन दिएको छ
 
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि यो नियम लागू हुने बताइएको छ ।
 
गृह मन्त्रालयमा शनिबार बसेको सम्बद्ध निकायका उच्च अधिकारी सम्मिलित बैठकले आइतबारबाट दुइ पांग्रे मोटरसाइलकदेखि चार पांग्रे गाडिसम्म सबै जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो।
 
यसअनुसार आइतबार १० गते जोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्न पाइने छ ।