मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रसंघ अघि विरोध प्रदर्शन

राष्ट्रसंघ अघि विरोध प्रदर्शन


न्युयोर्क, सेप्टेम्बर २५ ।नेपालमा जारी संविधानले आदिवासी, जनजाति तथा तराई–मधेसको भावनाको सम्वोधन नगरेको भन्दै रुष्ट रहेका अमेरिकास्थित आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरु त्यसको विरोध गर्दै आएका छन् ।
 
यही क्रममा तराई–मधेसमा सरकारी दमन भएको र त्यो मानवताविराधी अपराध भएको ठहर गर्दै उनीहरुले शुक्रबार अपरान्ह संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरे ।
राष्ट्र संघलाई नेपालमा भैरहेको सरकारी दमन रोक्नका लागि आवश्यक पहल गर्न ध्यानाकर्षण गर्नका लागि विरोध प्रदर्शन गरेको उनीहरुको भनाइ छ ।
 
आयोजकहरुले राष्ट्र संघको ७० औं महासभामा भाग लिन आएका नेपाल सरकारका मन्त्रीहरुलाई आफ्नो विरोध छ भन्ने देखाउनका लागि समेत विरोध प्रदर्शन गरेको बताए ।
 
नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा विभिन्न ६ संस्थाको सहभागिता रहेकोे विरोध प्रदर्शनको नेतृत्व महासंघका अध्यक्ष लुइसाङ वाइवाले गरेका थिए ।
 
महासंघको प्रदर्शनलाई लिएर तीनखाले विचारहरु अमेरिकामा छन् । एकथरि समर्थन गर्छन् भने अर्को थरि विरोध । तर, मध्यमार्गी धारमा रहेका तेस्रो थरि विचार राख्नेहरु भने तराई–मधेसमा दुबै पक्षबाट ज्यादती भएको धारणा राख्छन् । उनीहरुको भनाइ छ, त्यहाँ सरकारी दमन मात्र भएको छैन, आन्दोलनका नाममा सुरक्षाकर्मीहरुलाई जिउँदै जलाउने काम पनि भएको छ ।
 
राष्ट्र संघको न्यूयोर्कस्थित मूख्यालय बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनकै देशका नागरिकले समेत  प्रदर्शन गरेका छन् । राष्ट्र संघ मूख्यालयबाहिर मोदीविरुद्ध सिख र पटेल समुदायले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् संयुक्त राष्ट्र शिखर सम्मेलनमा एक विशेष सत्रमा विकासबारेमा प्रधानमन्त्री मोदीले सम्बोधन गरिरहँदा उनीविरुद्ध सिख र पाटीदार समुदायको एक समुहले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
 
सिख्स फर जस्टिस (एसएफजे) को ब्यानरमा २ सय जना बढी सिखले पञ्जाबमा मानवाधिकार उल्लंघनको आरोप लगाउँदै विरोध गरेका हुन् ।