मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाबुराम भट्टराईले एमाओवादी परित्यागको घोषणा

बाबुराम भट्टराईले एमाओवादी परित्यागको घोषणा


काठमाडौंमा शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्दै भट्टराईले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेका हुन् । उनले पार्टीसँग संविधानसभा सदस्यबाट पनि शनिबार नै राजीनामा दिएको बताए ।
 
‘केही समयदेखि मैले पार्टीहरु पनि रुपान्तरण हुँदै जानुपर्छ भन्दै आएको थिएँ,’ माओवादी विद्रोहका योजनाकार भट्टराईले भने, ‘संविधानसभाबाट एउटा चरण पुरा भइसकेको सन्दर्भमा मैले के गर्न सक्छु भन्ने आशयले सबैसँग छलफल गर्ने गरि आजैका मितिदेखि लागू हुने गरि मैले एकीकृत नेकपा माओवादी सम्पूर्ण दायित्व, जिम्मेवारी र साधारण सदस्यता परित्याग गरेको घोषणा गर्दछु ।’
 
भट्टराईले पार्टी परित्याग गर्ने जानकारी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराइसकेको उल्लेख गरे । ‘तत्काल के गर्ने भन्ने दिमागमा छैन,’ आगामी योजनाबारे उनले भने, ‘बाहिर रहेका, कुनै पनि पार्टीमा नरहेकासँग सल्लाह गरेर कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने सल्लाह गरेर जाने योजना बनाएको छु ।’
 
एमाओवादी फर्कने वा अर्को पार्टीमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा भट्टराईले भने-‘पुरानो घर, भत्किएको घर र छोडेको घरमा जाने कुरा हुँदैन ।’
 
२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुादे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए । यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो ।
 
गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरे । राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन् ।