
कलेजो (लिभर)ले काम गर्न छाडेपछि नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री एवं नेपाली काँग्रेसका युवा नेता उमेशजङ्ग रायमाझी यतिबेला सिकिस्त बिरामी पर्नु भएको छ । अहिले रायमाझीको जीवन रक्षाका लागि विश्वव्यापी अभियान नै सञ्चालन भएको छ ।
अहिले अमेरिका, अष्ट्रेलिया, बेल्जियम, स्पेन, डेनमार्क लगायतका मुलुकमा संकलन भईरहेको छ । अमेरिकामा रायमाझीको जीवनरक्षाका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीको अगुवाईमा अभियान शुरु भएको छ । रायमाझी नेपाली लोकतान्त्रिक आन्दोलनका सक्रिय नेता हुनुहुन्छ । उहाँको आर्थिक अवस्था कमजोर भएका कारण विश्वभरबाट आर्थिक सहयोग संकलन अभियान नै शुरु गरिएको हो । कलेजो प्रत्यारोपणका लागि पैसाको जोहो गर्न नसक्दा उहाँ घरमा नै रहनु भएको छ । उहाँको कलेजो प्रत्यारोपणका लागि झण्डै दुई करोड लाग्ने अनुमान गरिएको छ ।
रायमाझी अहिले जीवन मरणको दोसाँधमा हुनुहुन्छ । उहाँलाई पूर्ण स्वस्थ हुनका लागि कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले प्रत्यारोपण गर्न तपाईं हाम्रो सहयोगबाट मात्र सम्भव छ । त्यसैले काँग्रेसका युवा नेता रायमाझीको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाका वरिष्ठ उपाध्यक्ष केसीले आह्वान गर्नुभएको छ । उहाँले यो. .https://www.gofundme.com/

हिमालय खबर संबाददाता -
- संक्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ
- सङ्क्रमण रोक्न आदेश पालना गर्न स्वास्थ्यमन्त्रीको आग्रह
- सरकारको समर्थन फिर्ता लिने विषयमा माओवादी अनिर्णित
- एमालेका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण
- राहुल गान्धीलाई कोरोना सङ्क्रमण पुष्टि, मोदीद्वारा स्वास्थ्यलाभको कामना
- उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ
- जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
- अमेरिकाका पूर्वउपराष्ट्रपति वाल्टरको ९३ वर्षको उमेरमा निधन
- भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो
- संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति
प्रतिक्रिया