मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

झापा ११ राष्ट्रिय लिग फुटबलको शीर्षस्थानमा

झापा ११ राष्ट्रिय लिग फुटबलको शीर्षस्थानमा


८ असोज, झापा । नेपाल आर्मीलाई पराजित गर्दै झापा ११ राष्ट्रिय लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
सुरुङ्गामा शुक्रबार भएको खेलमा घरेलु टोलीले आर्मीमाथि २–१ को जित हात पारेको छ । बिर्तामोडस्थित डोमालाल रङ्गशालामा पानी जमेका कारण खेल हुन नसकेपछि प्रतियोगिता सुरुङ्गामा भएको थियो ।
 
 झापाको जितमा  कर्ण लि म्बूले तेस्रो मिनेमा गोल गरेका थिए । त्यस्तै गणेश खड्काले १४ औँ मिनेटमा गोल गरेका थिए । आर्मी क्लबका तर्फबाट खेल सकिन पाँच  मिनेट बाँकी रहँदा जितेन्द्र कार्कीले एक गोल फर्काएका थिए ।
 
यस विजयसँगै झापा ११ अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।  बिहीबार झापा ११ र आर्मीबीच खेल हुने भनिए पनि वर्षाका कारण खेल एक दिनपछि सरेको थियो । रासस