मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक महिनादेखि घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र हटाइयो

एक महिनादेखि घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र हटाइयो


धनगढी । कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकासहित आसपासका गाविस क्षेत्रमा गएको एक महिनादेखि घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र आज राति १२ बजेबाट हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइंँले स्थानीय प्रशासन ऐनअनुसार एक महिनासम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेकोमा यो भन्दा बढी समयका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न मन्त्रालयको आदेश आवश्यक पर्ने हुँदा आज राति १२ बजेदेखि दङ्गाग्रस्त क्षेत्र हटाइएको राससलाई जानकारी दिनुभयो । दङ्गाग्रस्त क्षेत्र घोषणा हटाउने निर्णय भएपनि ती क्षेत्रमा परिचालित नेपाली सेना भने फिर्ता नहुने उहाँले बताउनुभयो ।

Advertisement
ADVERTISEMENT

जिल्ला सुरक्षा समितिको बैठकले टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिकासहित मुनुवा, नारायणपुर, जोशीपुर, दुर्गौली, गाविस क्षेत्रमा आज राति १२ बजेदेखि भोलि बिहान ५बजेसम्म निषेधाज्ञा जारी गरिएको र बिहान ५बजेदेखि दिउँसो २ बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ ।

आठ प्रहरी र एक बालकको ज्यान जाने गरी टीकापुरमा भदौ ७ गते भएको हिंसापछि स्थानीय प्रशासनले लगातार निषेधाज्ञा जारी गर्दै आएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares