मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आन्दोलन जारी राख्ने मधेसी मोर्चाको निर्णय

आन्दोलन जारी राख्ने मधेसी मोर्चाको निर्णय


सप्तरी । सीमाङ्कन र नयाँ संविधान २०७२ को विरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको  सप्तरीको  सदरमुकाम राजविराजमा बसेको बैठकले मधेसको आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
 
मोर्चाको बैठकले शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने, हातेमालो कार्यक्रम गर्ने, मानवअधिकार उल्लङ्घन सम्बन्धमा सर्वोच्च अदालतलगायतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
 
त्यसैगरी बैठकले मुस्लिम समुदायको महान चाड कुर्बानी इद–इदुल (अजहा)को उपलक्ष्यमा शुभकामना दिने निर्णय गरेको छ ।
 
मधेसी मोर्चा र थरुहट÷थारुवान सङ्घर्ष समिति एवम् मुस्लिम सङ्घर्ष समितिलगायत आन्दोलनरत पक्षहरुसँग सहकार्य गर्ने निर्णय गर्दै मोर्चाको चार सदस्यीय सचिवालयको  कार्यदलसमेत गठन गरिएको छ  । 
 
कार्यदलमा सद्भावना पार्टीका महासचिव मनिष सुमन, तमसपाका रामनरेशराय यादव, तमलोपाका गोविद चौधरी र सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ हुनुहुन्छ ।
 
बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवम तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको आन्दोलन जारी रहने बताउँदै विगतमा भएका सम्झौतालाई वर्तमान सरकारले महत्व नदिएकाले  पुनः आन्दोलनलाई निरन्तरता दिने उल्लेख गर्नु भयो ।  
 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानमा मधेसी, दलित, मुस्लिम, जनजाति, पिछडा वर्गलगायत मधेसी समुदायको हक  अधिकार सुनिश्चित नभएको धारणा राख्दै संविधान नस्वीकार्ने बताउनु भयो । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका २२ बँुदै र आठबुँदै समझौता वतर्मान सरकारले कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । रासस