मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमा नाकामा भारतीय प्रहरीबाट कडा सुरक्षा निगरानी

सीमा नाकामा भारतीय प्रहरीबाट कडा सुरक्षा निगरानी


कपिलवस्तु । नेपालमा संविधान जारी भएलगत्तै सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सुरक्षा सकतर्कता बढाएका छन् । 
 
नेपाल भारत सीमा क्षेत्रअन्तर्गत कपिलवस्तुको कृष्णनगर, मर्जादपुर, चाकारचौडालगायतका सीमा नाकालाई भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ । उनीहरूले सीमा नाकामा मोटरसाइकल तथा अन्य ठूला सवारीसाधनको आवतजावतमा पूर्ण रोक लगाएका छन् । 
 
सीमा नाकाबाट अति आवश्यक परेका दुवै देशका नागरिकलाई उच्च निगरानीका साथ पैदल आवतजावत मात्रै गर्न दिएका छन् । सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको कडाइका कारण भारतबाट दैनिकरुपमा नेपाल भित्रने दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, फलफूललगायतका सामान भित्रन सकेका छैनन् ।
 
 संयुक्त मधेसी मोर्चाको बन्दका कारण भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा गरेको यस्तो कडाइले माल सामान आयात निर्यात कार्यमा खासै फरक भने परेको छैन । तर नेपाली सर्वसाधारणलाई भने सवारीसाधन लिएर भारतीय सहर बजार पुग्न भने निकै समस्या भएको छ । 
 
भारतीय पक्षले सीमा क्षेत्रमा गरेको यस्तो कडाइका कारण नेपालतर्फका कृष्णनगर, मर्जादपुर, चाकरचौडा सीमानाकामा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् । 
 
सीमा क्षेत्रमा गरिएको यस्तो कडाइ माथिको आदेशबाट गरिएको भारतीय सीमा सुरक्षा बल खुनुवाका इन्चार्ज प्रहरी नायब निरीक्षक शिवचरण शर्माले बताउनुभयो । अर्को आदेश नआउञ्जेलसम्म सीमा क्षेत्रबाट कुनै पनि निजी तथा भाडाका सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाउने पनि प्रहरी नायब निरीक्षक शर्माले बताउनुभयो । 
 
सधैँजसो निकै भीडभाड रहने यहाँका नाका भारतीय सुरक्षाकर्मीले कडाइ गरेपछि निकै सुनसान देखिएका छन् । रासस