मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको संविधान विश्वको इतिहासमै अद्वितीय – सभामुख

नेपालको संविधान विश्वको इतिहासमै अद्वितीय – सभामुख


काठमाडौँ । सभामुख सुवासचन्द्र नेम्वाङले नेपालको संविधानसभाबाट बनेको संविधान विश्वको इतिहासमा अद्वितीय भएको बताउनुभएको छ । 
 
संविधानसभाबाट संविधान जारी भएको खुसियालीमा दोलखाका सभासद्ले आज यहाँ आयोजना गरेको चियापानमा उहाँले नेपालको संविधानको इतिहासमा संविधानसभाबाट जारी भएको संविधान विश्वकै अद्वितीय भएको बताउनुभयो । 
 
“नेपाली जनताको लामो तपस्याबाट बनेको नेपालको संविधान समावेशी सिद्धान्तका आधारमा विश्वकै इतिहासमा अद्वितीय छ”– सभामुख नेम्वाङले भन्नुभयो, “सशस्त्र द्वन्द्वबाट आएका, तराई मधेसबाट आएका, ८५ प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेको, महिला, मुस्लिम, सबै भाषाभाषी, जातजाति सहभागी भएको विश्वको सन्दर्भमा हाम्रो संविधानसभा समावेशी छ ।” 
 
विसं २००७ देखिको जनताको संविधानसभाबाट संविधान जारी गर्ने चाहना पूरा भएकोमा खुसी व्यक्त गर्दै सभामुख नेम्वाङले हिमालदेखि तराईसम्मका जनताको इच्छा र चाहना र सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएका कारण संविधानसभाबाट संविधान जारी गर्न सफल भएको बताउनुभयो । 
 
“संविधान जारी गर्ने बिहानसम्म प्रश्न आइरहेका थिए, आज संविधान जारी हुन्छ त रु संविधान जारी हुनेमा शङ्का थियो, तर अहिले संविधान जारी भइसकेको छ, देशभर खुसियाली छाएको छ”– उहाँले थप्नुभयो । 
 
अध्यक्ष नेम्वाङले सबै अप्ठ्यारा पार गर्दै संविधानसभाबाट संविधान जारी गरेको भन्दै सबै नेपाली जनताको एकता, दृढ विश्वासका कारणले र नेपाली काँगे्रस, नेकपा ९एमाले०, एकीकृत नेकपा ९माओवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९नेपाल०, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सम्पूर्ण राजनीतिक दलले आआफ्ना कतिपय असन्तुष्टिका कुरालाई बिमतिमा राख्दै संविधान आवश्यक छ भनेर एकताबद्ध भएका कारण संविधान जारी गरिएको बताउनुभयो । 
 
उहाँले संविधान जारी भएर देशभर खुसियाली छाइरहेको भए पनि केही असन्तुष्टि भएकाले दलका नेताले ती असन्तुष्टिलाई समेट्नका लागि निरन्तर लाग्न आग्रह गर्दै असन्तुष्टको भावनालाई सम्बोधन गर्नुपर्ने र त्यसका लागि आवश्यक परे आफूले उहाँहरूको भावना समेटिएको कुरा जानकारी गराउन प्रत्येक धारा व्याख्या गर्न तयार रहेको जानकारी दिनुभयो । 
 
सभामुख नेम्वाङले जसरी दलका नेता एकताबद्ध भएर संविधान लेखनको काममा सफलता हासिल गर्नुभएको छ त्यसरी नै असन्तुष्ट पक्षलाई समेट्नका लागि निरन्तर प्रयासमा लाग्न पनि आग्रह गर्नुभयो । 
 
प्रत्येक दृष्टिकोणले संविधान अग्रगामी भएको भन्दै उहाँले सबैको सबै कुरा संविधानमा नपरेको र मेरै आफ्नो कतिपय कुरा पनि संविधानमा नपरेको भए पनि संविधान संशोधन गर्न सकिने खालको लचिलो भएको स्पष्ट पार्नुभयो ।सभामुख नेम्वाङले संविधान जारी भए पनि यसको सरल र सहज कार्यान्वयन गर्नका लागि चुनौती भएको भन्दै आफूले संविधान जारी गर्न राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गर्नुअघिसम्म असन्तुष्ट सभासद्लाई हस्ताक्षर गर्नका लागि आग्रह गरेको स्मरण गर्नुभयो । 
 
नेपालको २०४७ सालको संविधानमा अर्धविराम, पूर्णविरामसम्म पनि परिर्वतन गर्नुपर्दैन भनेर गल्ती गरेको महसुस भएकाले अहिले लचिलो भएर संशोधन गर्न सकिने खालको र लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समावेशी, तराईदेखि हिमालसम्मको एकतालाई जोड्ने खालको संविधान जारी भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रहसमेत गर्नुभयो । रासस