मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेलम्चीका किसानको पीडा : भूकम्पले घर लग्यो, बाढीले खेत

मेलम्चीका किसानको पीडा : भूकम्पले घर लग्यो, बाढीले खेत


मेलम्ची । भूकम्पले पूरै घरघरमा भएको अन्नपात र बस्तुभाउ लगेर खुला आकाशमुनि शरण लिन बाध्य बनायो ।
 
त्यो पीडा त छँदैछ, अहिले अत्यधिक वर्षाका कारण आएको बाढीले समेत अन्न उब्जाएर खाने खेत नै पूरै सखाप बनाएकाले अत्यधिक दुःख भोगेर कष्टकर जीवन बिताइरहनु परेको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ बस्ने नवराज सापकोटा आफ्नो दुखेसो पोख्नुहुन्छ ।
 
उहाँ त एक प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । जिल्लाका अधिकांश क्षेत्रमा बाढीका कारण खेत नै बगाएर शरणार्थी बन्नुपर्ने अवस्थासम्म पुग्नुपर्ने बाध्यता रहेका उदाहरण धेरै छन्् । बाढीले खेत कटान गरी लगेको र बाँकी रहेको पनि पहिरो गएर नदीमा मिसिएकाले अन्न उब्जाउ गरेर खानेखेतको सपना बाढीसँगै बगेको अर्का किसान भवनाथ दाहाल बताउनुहुन्छ ।
 
सहरे खोला र इन्द्रावती नदीले दुई ठाउँबाट कटान गरी २० रोपनी जग्गा बगरमा परिणत भएको दाहालले बताउनुभयो । गहभरि आँसु पार्दै उहाँ भन्नुहुन्छ– “भूकम्पले तीनवटा घर जमिनको सतहसँग मिलायो, बाढीले खेत बगरमा परिणत ग¥यो । पीडामाथि पीडा थपिँदैछ । अबको बाँकी जीवन कसरी गुजारा चलाउने हो थाहा छैन । अब सरकारको मुखताक्नु सिवाय अरु केही उपाय रहेन ।”
 
यसरी जिल्लाका प्रायः सबै क्षेत्रमा बाढीले खेत कटान गर्न थालेपछि जिल्लावासी ठूलो समस्यामा परेका छन् । भूकम्पको पीडा साम्य हुन नपाउँदै कहिले पहिरोको पीडा त कहिले बाढीको पीडा खेप्दै जानुपर्ने अवस्था रहेको मेलम्ची नगरविकास समितिका प्रमुख प्रकाश श्रेष्ठले बताउनुभयो ।
 
यस्तै, इन्द्रावती नदीले भीमप्रसाद दुलालको १८ रोपनी जग्गा बाढीले बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले जग्गा बगाएपछि पूरै शिखरपुरवासी चिन्तित बनेका छन् । दुलाल भन्नुहुन्छ– “बिहान हुन नपाउँदै पहिला खेतमा दौडिन्छु । 
 
केही हदसम्म बाँकी बसेको जग्गा पनि बाढीले बगाउला भन्ने चिन्ता छ । प्राकृतिक प्रकोपको कुरा हो बाढीले लग्यो भने पनि हेरेर बस्नुभन्दा अरु केही गर्नसक्ने अवस्था नै छैन ।
 
यसरी दिनानुदिन बाढीले खेत कटान गर्न थालेकाले सिङ्गो माझीबस्तीलगायतका अन्य पूरै गाउँ चिन्तित बनेका छन् । रासस