मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन उपाध्यक्षः क्षेत्रीसँगै पन्त र भट्ट पनि उम्मेद्वार

एनआरएन उपाध्यक्षः क्षेत्रीसँगै पन्त र भट्ट पनि उम्मेद्वार


न्युयोर्क, सेप्टेम्बर २२ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आसन्न चुनावमा उपाध्यक्ष पदका लागि अमेरिकाबाट खगेन्द्र क्षत्रीले आफ्नो उम्मेद्वारी घोषणा गरे लगत्तै जर्मनीबाट कुमार पन्तले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा महासचिव रहेका पन्तले संस्थामा आफ्नो निरन्तर उपस्थितिका लागि उम्मेद्वारी दिएको बताएका छन् । उनले आफ्नो चुनावी नारा पनि सार्वजनिक गरेका छन्, श्रमको सम्मान समृद्ध नेपालको लागि हामे आव्हान दीगो संस्थागत विकासको खातिर सबल नेतृत्वको लागि मतदान यसैगरी वर्तमान कार्यसमितिका उपाध्यक्ष भवन भट्टले पनि सोही पदका लागि आफ्नो उम्मेद्वारी दोहोर्याएका छन् । जापान कर्मभूमी बनाएका उनले दक्षिण कोरिया भ्रमणमा रहेको बेला आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
 
दुई उपाध्यक्ष पदका लागि तीन उम्मेद्वारी परेपछि अब प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिएको छ । विश्वमै सबैभन्दा ठूलो नेपाली डायस्पोरा रहेको अमेरिकाले पहिलो पटक एनआरएन आइसीसीको उपाध्यक्ष पदमा उम्मेद्वारी दएको छ । महासचिव रहेका जर्मनीका पन्त र अहिले पनि उपाध्यक्ष रहेका भट्टले भने क्रमशः महासचिवभन्दा माथिल्लो पद र त्यही पद दोहोरयाएर अर्को कार्यकाल पनि निर्णायक पदमा रहने निरन्तरताको लोभ देखाएका छन् ।