मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन केन्द्रीय उपाध्यक्षमा खगेन्द्र जीसीद्धारा उम्मेदवार घोषणा

एनआरएन केन्द्रीय उपाध्यक्षमा खगेन्द्र जीसीद्धारा उम्मेदवार घोषणा


गैर आवसीय नेपाली संघ अमेरिकाले आफ्नो हैसियत बढाएसँगै विश्व एनआरएन अभियानमा वढी हिस्सा दावी गर्दै पूर्वअध्यक्ष खगेन्द्र जीसीलाई केन्द्रीय उपाध्यक्ष पदका लागि अघि सारेको छ।
एनआरएन अमेरिका कार्य समितिसँग परामर्श गरी जीसीले गत साता उपाध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन्। न्यूओर्कमा आइतवार आयोजित घोषणा सभामा विश्वभर छरिएका एनआरएन नेपालीको मन जितेर यो अभियानलाई अझ सशक्त बनाउन आफूले उम्मेदवारी घोषणा गरेको जीसीले वताए।
 
अमेरिका सवैभन्दा वढी एनआरएन सदस्य भएको देश हो। यसका करिव ११ हजार सदश्य छन्। अक्टोबरको दोस्रो साता शुरु हुने एनआरएन विश्व सम्मेलनमा अमेरिकाबाट मात्र एक सय भन्दा वढी प्रतिनिधिले सहभागीता जनाउने छन्।
 
यही विश्व सम्मेलनमा नयाँ कार्यसमिति पनि चयन गर्ने छ। एनआरएन अभियानमा अमेरिकाको उपस्थिति अहिलेसम्म कमजोर छ।
 
सबै भन्दा बढी एनआरएन सदस्य भएको देश भएकाले पनि एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा जीसीको दावी स्वभाविक हो, एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोरखेलले भने, ‘उहाँको उम्मेदवारीलाई एनआरएन अमेरिकाको पूर्ण सहयोग रहन्छ, हामी विश्वभरका एनआरएन समुदायसँग पनि सहयोगका लागि आग्रह गर्छौ।
 
जीसीको कार्यकालमा एनआरएन अमेरिकाको सदस्य संख्या ४ हजारको हाराहारीबाट बढेर ११ हजार पुगेको थियो। काठमाडौंमा एनआरएन सचिवालय बनाउन सबैभन्दा बढी रकम संकलन गर्ने अमेरिका हो। यसको पहल जीसीले गरेका थिए।
 
न्युओर्कमा वस्ने जीसी अधिवक्ता हुन्। नेपालका कयौं राजनीतिक नेतासंग पनि उनको राम्रो सम्पर्क छ। नेपाल सरकारका लागि पनि उनले कयौ पटक कानुनी सेवा दिएका छन्। अमेरिकामा परिचित भएपनि जीसीसँग एनआरएन विश्व अभियानमा काम गरेको अनुभव छैन। अमेरिका वाहेक अन्य देशका एनआरएनसंग जीसीको सम्पर्क कमजोर छ। जीसीले तीन महिना अघिनै यस पटक एनआरएन केन्द्रिय तहमा जाने योजना रहेको वताएका थिए।
 
एक साता अघि न्यूओर्कमा आयोजना भएको एनआरएन अमेरिकाको विशेष साधारण सभामा भाग लिन आएका एनआरएन आईसीसी अध्यक्ष शेष घलेसंग पनि जीसीले उम्मेदवारी दिने विषयमा छलफल भएको थियो। घलेलेजीसीलाई आईसीसीमा आउनुपर्ने वताएपनि कुन पदमा उपयुक्त हुन्छ यसमा भने केही वोलेका थिएनन्। एनआरएन उत्तर अमेरिका क्षेत्रिय संयोजकमा सोनाम लामालाई एकपटकका लािग छाडी दिन घलले आग्रह गरेका थिए। यसपछि उम्मेदवारीको विषयमा एनआरएन अमेरिकाका पदाधिकारीहरुसंग छलफल गरेका थिए। यस अनुसार जीसी उपाध्यक्षमा र लामा क्षेत्रीय संयोजक (आरसीसी) उठन लागेका हुन्। लामालेपनि आरसीसीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
 
जीसीको उम्मेदवारी घोषणाका अवसरमा लामाले पनि जीसी उम्मेदवारीलाई समर्थन गर्दै उनलाई जिताउन लागिपर्ने वताएका थिए। जीसी र लामा दुवै संगै एनआरएन अमेरिकाका प्रतिनिधिहरुले छलफल गरेपछि दुई विच समझदारी भई उम्मेदवारी तय गरिएको हो। लामा हाल आईसीसीका उप क्षेत्रीय संयोजक हुन्। क्षेत्रीय संयोजक पदमा अमेरिकावाट आईसीसीमा प्रतिनिधित्व गर्ने रामसी खरेलले पनि उम्मेदवारी घोषणा गरेका छन्।
 
यस अघि अमेरिका वस्ने रतन झाले पनि अध्यक्ष पदमा आफ्नो दावी रहने सार्वजनिक गरेका छन्।
अमेरिकावाट केन्द्रिय तहमा जाने धेरैको चाहना छ, यो स्वभाविक पनि हो पोखरेलले भने तर, सवै मिलेर मजबुत भई जानु पर्छ, यसमा छलफलहरु भईरहेका छन्।  केन्द्रिय तहमा प्रभावकारी प्रतिनिधित्वले एनआरएन अमेरिकालाई पनि मद्दत पुग्ने पोखरेलले वताए।