मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सासको ह्युस्टनका नेपालीले संविधानको स्वागत गरे

टेक्सासको ह्युस्टनका नेपालीले संविधानको स्वागत गरे


ह्युस्टन्, टेक्सास । नेपालमा आज जारी भएको संविधानको स्वागत र समर्थन् गर्दै आज यहाँ बधाई आदान प्रदान् र चियापानको आयोजना गरियो । 
नेप्लिज एसोसिएसन अफ ह्युस्टनको आयोजनामा भएको उक्त कार्यक्रममा एसोसिएसनका अध्यक्ष ज्योति घिमिरेले अब नेपालले शान्ति र प्रगतिको बाटो लियोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
एसोसिएसनका सल्लाहकार तथा नेपाल अमेरिका पत्रकार संघका सल्लाहकार  तारा बरालले नेपालको नयाँ संविधानले विदेशमा बस्ने नेपालीलाई ड्बल खुशी दिएकोमा प्रसन्नता व्यक्त गर्नु भयो । ६५ वर्षको प्रतिक्षा पछि आफ्नु मातृभूमीले लोकतान्त्रिक संविधान प्राप्त गर्नु एउटा खुशी हो भने  गैरआवासीय नेपालीले नेपालको नागरिकता पाउने व्यवस्था संविधानमा हुनु अर्को खुसी हो – बरालको भनाई थियो ।
एनएएचका सचिव विष्णु नेपालले संचालन गर्नु भएको सो खुसियाली आदान प्रदान् कार्यक्रममा गुल्मी समाज ,ह्युस्टनका अध्यक्ष मुकुन्द ज्ञवालीले संविधान जारी भएको खुसिमा सबैलाई बधाई दिनु भयो । 
कार्यक्रममा  नेपाल अमेरिका पत्रकार संघकी कोषाध्यक्ष बिटु केसीले मुक्तक सुनाएर आफ्नु खुसी अभिव्यक्त गर्नु भएको थियो ।  
चियापानमा उपस्थित हुनेहरू स्वतस्फुर्तरुपमा विभिन्न मिठाइ र परिकार लिएर खुसियाली बाढ्न अग्रसर देखिन्थे।