मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सुरक्षा कारबाहीमा २५ तालिवान मारिए

सुरक्षा कारबाहीमा २५ तालिवान मारिए


काबुल, ४ असोज । अफगानिस्तानमा अफगान प्रहरी र सेनाको पनि सहयोगमा गत २४ घण्टाभित्र तालिवानविरुद्ध जारी राखेको कारबाहीमा परी दुई दर्जनभन्दा बढी तालिवान मारिएको समाचार सार्वजनिक गरिएको छ । अफगान गृह मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिमा सो जानकारी दिएको हो ।
 
गत २४ भित्र जारी रहेको सो कारबाहीका क्रममा २५ जना तालिवान विद्रोही मारिनुको साथै अन्य २० जना घाइते भएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
अफगान प्रहरी र सेनाको पनि संयुक्त सहभागितामा अफगानिस्तानको नान्गाहार, बदख्सान, सर इ पुल, कान्दाहार ओरुज्गान, गजनी, खोस्त र हेलमाण्ड  प्रान्तमा जारी रहेको यस कारबाहीमा थप नौ तलिवान आतङ्ककारी पक्राउ परेका पनि सो विज्ञप्तिमा जनाइएको छ । 
 
अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेको छन् । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।
 
प्राप्त समाचारअनुसार यसरी जारी राखिएको कारबाही अन्तर्गत गएको २४ घन्टाभित्र गरिएको कारबाहीमा ती तालिवान मारिएका समाचारमा जनाइएको छ । 
 
अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् । 
 
नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । अहिले पनि दिनहुँजसो अफगानिस्तानका विभिन्न क्षेत्रमा कारबाहीका समाचारहरु आइरहेका छन् । रासस /सिन्ह्वा