मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानको स्वागतमा चितवनमा विजय उत्सव

संविधानको स्वागतमा चितवनमा विजय उत्सव


चितवन । राष्ट्रपति डा रामवरण यादवले घोषणा गरेसँगै चितवनका विभिन्न चोक तथा सार्वजनिक स्थानहरुमा दीप प्रज्ज्वलन तथा विजय उत्सव मनाइएको छ। 

चितवनका सबै चोकहरुमा दीप प्रज्ज्वलन गरिएको थियो । कुनै चोक रहेन दीप नबलेको । चितवनमा कुनै समुदाय पनि रहेन दीप नबाल्ने र खुसी नमनाउने । चारैतिर खुसी नै खुसी छायो । उमङ्गको बाढी आयो । जय संविधानको नारा घन्कियो । बालकदेखि वृद्धसम्म नेपालको झण्डा लिएर नाचगानसहित सडकमा ओर्लिए । 

सबै समुदायको साझा दस्तावेजका रुपमा संविधान जारी भएपछि विभिन्न सङ्घसंस्थाहरूले दीप प्रज्ज्वलन, सांस्कृतिक कार्यक्रम तथा विजय जुलुस निकालेका छन् । नयाँ संविधान घोषणा भएको उपलक्ष्यमा आइतबार साँझ धर्मचोकमा दीपावली तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जनताको संविधान घोषणा भएको भन्दै स्थानीयले नाचगान तथा शुभकामना आदानप्रदान गरी खुसी साटेका थिए । 

संविधान घोषणा अगावै सहिदचोकमा राष्ट्रिय झण्डा झहराउँदै रमाइरहेका युवाहरुले साँझ दीपावली तथा मोटरसाइकल ¥याली गरेका थिए । चितवनको पुलचोक, सहिदचोक, चौबीसकोठीचोक, हाकिमचोक, मिलनचोक, भानुचोक, निपनीचोक, बकुलहरचोक, सौराहचोक, टाँडीचोकमा दीप प्रज्ज्वलन गरिएको थियो । 

सहिदचोकमा मेन्स रुम रिलोडेड संस्थाको अगुवाइमा दीपावली गरिएको थियो । आइतबार साँझदेखि नै संविधानको खुसियालीमा हजारौं युवा तथा व्यवसायीहरु मोटरसाइकल ¥यालीमा सहभागी भएका थिए । 

यस्तै पूर्वीचितवनको हरिहर मन्दिरमा दीपावली गरी मोटरसाइकल ¥याली निकालिएको थियो । मोटरसाइकलमा राष्ट्रिय झण्डा फहराएर निकालिएको विजय ¥याली पर्सा, खैरहनी, झुवानी, सौराहा, मोहना हुँदै नारायणगढमा विसर्जन गरिएको संयोजक भरत खनालले जानकारी दिए । 

यस्तै शारदानगरस्थित शारदा युवा क्लब र बजार व्यवस्थापन समितिको आयोजनामा नयाँ संविधानको स्वागतमा दीप प्रज्ज्वलन गरिएको छ । सीमांकनसहित नेपालको नक्सा बनाएर राष्ट्रिय झण्डासहित दीपावली कार्यक्रम गरिएको स्थानीय भगवती पाण्डेले बताएकी छन् । 

कार्यक्रम शारदा युवा क्लबका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षता एवम् शारदानगर नमूना गाविसका पूर्व अध्यक्ष आशमान लामाको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका थिए । 

यसैबीच, वीरेन्द्रनगरमा धुमधामका साथ नयाँ संविधानको स्वागत गरिएको छ । वीरेन्द्रनगरका क्रियाशील राजनीतिक दल, विभिन्न संघसंस्था, वुद्धिजीवीलगायतको सहभागितामा बाजागाजासहित दीप प्रज्ज्वलन गरिएको थियो । वीरेन्द्रनगर चोकदेखि खुरखुरेसम्म मगर बाजाका साथ नाचगान गर्दै नयाँ संविधानको स्वागत गरेका थिए । उनीहरुले ऐतिहासिक अवसरको सदुपयोग गर्न पाउँदा खुसी प्रकट गरेका थिए । 

बाजागाजासहितको ¥याली खुरखुरेमा पुगेर मैनवत्ती प्रज्ज्वलन गरी संविधानको स्वागत गरिएको एमाओवादी गाउँ कमिटी सचिव खिलप्रसाद घिमिरेले जानकारी दिए । संविधानको स्वागत गर्न सयौँको संख्यामा स्थानीयवासीको उपस्थिति रहेकधो थियो । 

त्यस्तै, कठारको शान्तिबजार, खैरहनीको पर्सा बजारलगायतका स्थानमा समेत स्थानीयले नयाँ संविधानको स्वागत गर्दै मैनवत्ती प्रज्ज्वलन गरेका थिए । यसैबीच, नेपाली कांग्रेस भउमनपा–१२ वडा कार्यसमितिले कार्यालय भवनमा दीपावली गरी नयाँ संविधानको स्वागत गरिएको सचिव प्रेम घिमिरेले जानकारी दिए । 

यसैबीच, नारायणगढ जेसीज तथा नारायणगढ लेडी जेसीजको आयोजनामा नारायणगढको सहिदचोक भएको दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आइतबार जारी भएको संविधान उत्कृष्ट संविधान भएको बताएका छन् । संविधानमार्फत् नेपाललाई विश्वसामु चिनाउने समय चाँडै नै आउन लागेको उनको भनाइ छ । साथै उनले नयाँ संविधान जारी भएकोमा सम्पूर्ण नेपालीलाई बधाईसमेत दिए ।

जिल्लास्थित सबै दलहरूले संयुक्त रूपमा दीप प्रज्ज्वलन र स्वागत ¥याली गरेर संविधानलाई स्वागत गरेका छन् । संविधान जारी भएको अवसरमा चितवन जिल्ला अदालत बार एशोसिएसन परिवार, लायन्स क्लब अफ नारायणगढ, चौतारीलगायतका संघसंस्थाहरुले पनि दीप जलाएर दीपावली मनाएका थिए । 

सौराहामा व्यवसायीको उत्सव 

नयाँ संविधान जारी भएको खुसीयालीमा सौराहाका व्यवसायीहरुले आइतबार उत्सव मनाएका छन् । क्षेत्रीय होटल संघ चितवन सौराहाको संयोजनमा विभिन्न २० वटा संघसंस्थाहरुले संविधानको स्वागत गर्दै उत्सव मनाएका हुन् । उनीहरुले सौराहाको मुख्यचोकमा दीपावली गरेका छन् ।

त्यसैगरी सौराहामा रहेका रेष्टुरेण्ट व्यवसायीहरुको संस्था रेवान सौराहाले पनि सौराहामा ¥याली तथा दीपावली गरेको छ । मालपुरचोकवाट सूरू भएको ¥याली राप्ती किनारमा पुगेर समापन गरिएको
थियोे ।