मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको संविधान २०७२ राष्ट्रपतिबाट सार्वजनिक (भिडियोसहित)

नेपालको संविधान २०७२ राष्ट्रपतिबाट सार्वजनिक (भिडियोसहित)


काठमाडौं । लोकतान्त्रिक गणतन्त्रका नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।
 
राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान २०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरेका छन् ।  
 
राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिक रुपमा नयाँ संविधान पाएको छ । यससँगै अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।
 
संविधानसभामा आयोजित भव्य समारोहमा नेपालका प्रथम राष्ट्रपतिले संविधान जारी गरेका हुन् ।
संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै देशवासीलाई शुभकामना एवम् बधार्इ ज्ञापन गरेका छन् । राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू भएको छ ।  
संविधान घोषणापश्चात् विशेष समारोहमा मन्तव्य राख्दै यो संविधान सबै जाति, भाषा धर्म एवम् समुदायका लागि प्रतिनिधित्व गरेको र सबै नेपालीको हकअधिकार सुनिश्चित भएको बताए ।  भिडियो सौजन्य : कान्तिपुर टेलिभिजन