मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रम कोइरालाको स्वागत कार्यक्रम : जनसम्पर्कद्वारा संयोजन, एनआरएन असन्तुष्ट

प्रम कोइरालाको स्वागत कार्यक्रम : जनसम्पर्कद्वारा संयोजन, एनआरएन असन्तुष्ट


न्युयोर्क, सेप्टेम्बर १८ ।संयुक्त राष्ट्र संघको ७० औं महासभामा सहभागी हुन विहीबार न्युयोर्क आइपुग्नुहुने प्रधानमन्त्री सुशील कोइरालाको नागरिक समारोहको संयोजन कसले गर्ने भन्ने बारेमा विवाद सुरु भएको छ । शुक्रबार साँझ न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगको कार्यालयमा बसेको बैठकले नेपाली जनसम्पर्क समिति अमेरिकाले त्यसको संयोजन गर्ने निर्णय लिइएको १२ घण्टा पनि नबित्दै एनआरएन अमेरिकाले त्यसमा असहमति जनाउँदै आफूले गर्न पाउँनुपर्ने माग गरेको छ ।
 
न्युयोर्कबासी नेपालीहरुका विभिन्न संघसंस्थाको संयुक्त बैठकले त्यसको संयोजन गर्ने जिम्मेवारी नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्टलाई दिएको थियो । बैठकमा सबैलाई नसमेटी संविधान ल्याएकोमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, विरोध गर्ने र संविधान ल्याएकोमा नायकत्व प्रदान गर्ने तीनै थरिको सहभागिता थियो । छलफलपछि भने कालो झण्डा नदेखाउने तर विरोधपत्र भने दिन सकिने सहमति गरियो ।
 
बैठकले शनिबार साँझ ७ बजे प्रधानमन्त्रीको नागरिक स्वागत समारोह गर्ने कार्यक्रम तय ग¥यो । तर, त्यसको स्थान र अन्य व्यवस्थापन गर्ने जिम्मा भने नेपाली जनसम्पर्क समितिलाई दिइयो ।
अमेरिकामा रहेका नेपाली सत्तारुढ घटकका भातृसंगठनहरु खासगरी नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च भने प्रधानमन्त्रीको नागरिक स्वागत समारोहको संयोजन नेपाली जनसम्पर्क समितिले गर्नुपर्ने चट्टानी अडानमा थिए । जनसम्पर्क समिति नेपाली कांग्रेसको प्रवास संगठन हो भने प्रवासी नेपाली मञ्चले एमालेको भातृसंगठनका रुपमा आफूलाई नचिनाए पनि त्यही रुपमा लिने गरिन्छ ।
 
एनआरएनको चुनाव ताका नेपाली जनसम्पर्क समितिको केन्द्रीय नेतृत्व मौन रहेर नेपाली कांग्रेस निकट नगेन्द्र पौडेललाई समर्थन गरको थियो भने जनसम्पर्क समितिको चुनावमा पराजित पक्षले डा. केशव पौडेलको प्यानललाई समर्थन गरेको थियो । अहिले जनसम्पर्क समितिको नेतृत्वमा प्रधानमन्त्रीको स्वागत हुनु र त्यसमा एनआरएन नेतृत्वको असहमति हुनु त्यही चुनावी आग्ह पुर्वाग्रह हुन सक्ने अनुमान गरिएको छ । दुई कित्तामा विभाजित नेपाली कांग्रेसको अमेरिका जनसम्पर्क समितिको सभापतिमा आनन्द विष्ट प्रधानमन्त्री कोइराला समर्थित तत्कालिन सभापति विष्ण्ुा सुवेदीलाई पराजित गर्दै निर्वाचित भएका थिए । कुनै समय कोइराला निकट विष्ट यतिबेला शेरबहादुर देउबा निकट मानिन्छन् ।
 
अहिले प्रधानमनत्रीको नागरिक स्वागत समारोहको नेतृत्वलाई लिएर जनसम्पर्क समिति र एनआरएनबीच सुरु भएको खटपटीलाई पनि त्यसैको प्रतिछाँयाको रुपमा लिइएको छ ।