मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर गरियो

हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर गरियो


आउँदो असोज ८बाट देशव्यापी प्रदर्शन हुन लागेको हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर गरिएको छ । फिल्म हिमालयमा ज्यान गुमाउने परिवारका बालबालिकाको शिक्षामा खर्चने गरी फन्ड उठाउन च्यारिटी गरिएको भएपनि आयोजकले शोलाई च्यारिटीसँगै साउथ एसियन प्रिमियर पनि बताएको थियो । बुधबार राजधानीको जयनेपाल हलमा फिल्मको च्यारिटी गरिएको हो ।
 
च्यारिटीमा विभिन्न देशका राजदूत तथा विशिष्ट अतिथीहरुको उपस्थिति रहेको थियो । फिल्मकर्मीको न्यून उपस्थिति रहेको शोमा अभिनेता विजय लामा र जीवन लुईंटेलले उपस्थिति जनाएका थिए । विजय लामाले भने ‘एभरेस्ट’ भित्र अभिनय पनि गरेका छन् ।
 
नेपाल एअरलाइन्सका पाइलट विजय लामाले फिल्म भित्र पनि पाईलटकै भूमिका निभाएका छन् । सन् १९९६मा सगरमाथामा आएको आँधीका कारण ज्यान कमाउन पुगेका दर्जन भन्दा बढी आरोहीको कथामा आधारित फिल्ममा विजयले उद्धारमा खटिने पाइलटको भूमिकामा अभिनय गरेका छन् ।
 
वास्तविक जीवनमा भने मदन केसीले सो भूमिका निभाएका थिए । मन्चमा सारगर्भित मन्तव्य व्यक्त गरेका विजय लामाले मदन केसीलाई विदेशले चिनेपनि देशले चिन्न नसकेको गुनासो गरेका थिए । 

शेयर गर्नुहोस:

0
Shares