मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नयाँ संविधान अनुमोदन गरेकोमा चीनले खुसी व्यक्त

नयाँ संविधान अनुमोदन गरेकोमा चीनले खुसी व्यक्त


संविधानसभाले नयाँ संविधान अनुमोदन गरेकोमा खुसी व्यक्त गर्दै चीनले नेपालको स्वतन्त्रताको सम्मान गर्ने बताएको छ। बुधबार संविधानसभाको दुई तिहाई बढी मतद्वारा संविधान अनुमोदन भएकोमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले बिहिबार बेइजिङमा खुसी व्यक्त गरेका हुन्।
 
‘नजिकको छिमेकी देश नेपालको संविधानसभाबाट नयाँ संविधान अनुमोदन भएको देखेर चीन खुसी छ’, बिहिबार बेइजिङमा आयोजित नियमित प्रेस ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता होङ लेइले भने, ‘सामाजिक प्रणाली तथा विकासको आफ्नै बाटो रोज्ने नेपालको स्वतन्त्राको हामी समर्थन र सम्मान गर्छौँ ।’
 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लेइ आइतबार जारी हुने संविधानबारे प्रारम्भिक प्रतिक्रिया दिँदै चीनले खुसी व्यक्त गरेको विदेश मन्त्रालयको वेभसाइटमा छ । संविधान निर्माणको क्रममा भएको जातीय संघीयताको बहसमा चासो राख्दै आएको चीनले आर्थिक सामथ्र्यको आधारमा प्रदेश छुट्टयाउन अप्रत्यक्ष रुपमा सुझाउँदै आएको थियो ।
 
 चीनले सहमतीमा संविधान निर्माण गरी आर्थिक सुधार कार्यक्रम लागू गर्न नेपाललाई निरन्तर सुझाव दिँदै आएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares