मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सामाजिक सञ्जालले बालबालिकाको निद्रा खराब

सामाजिक सञ्जालले बालबालिकाको निद्रा खराब


एजेन्सी – सामाजिक सञ्जालले १२ देखि १५ वर्षका बालबाबालिकाको निद्रा बिगारिरहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार यो उमेर समुहका प्रत्येक तीनमा एक बच्चाको हप्तामा कमसेकम एक दिन निद्रा बिग्रिन्छ ।
 
कार्डिफ विश्वविद्यालयको टीमले गरेको अध्ययनमा यस्तो तथ्य भेटिएको हो । हरेक पाँच मध्येे एक बच्चाले राति निद्राबाट व्यूझेर सोसल मिडिया चलाउने गरेको अध्ययनले देखाएको छ । त्यसको भोलिपल्ट विद्यालयमा उ थकानले ग्रस्त हुने गरेको अध्ययनको निस्कर्ष छ ।
 
वेल्सका फरक फरक स्कुलमा पढ्ने ९४८ जना बालबालिकामा यो अध्ययन गरिएको थियो । उनीहरुमध्ये एक तिहाई बालबालिकामा सामाजिक सञ्जालको नराम्रो प्रभाव परेको भेटियो । पहिलो सर्वेक्षण १२ र १३ वर्षका ४१२ बालबालिकामा गरिएको थियो । उनीहरुमध्ये २२ प्रतिशत बालबालिका राति उठेर सामाजिक सञ्जाल प्रयोग गर्थे । १४ प्रतिशत बालबालिकाको हप्तामा कमसेकम एक चोटी निद्रा बिथोलिन्थ्यो ।
 
यो अनुसन्धान कार्डिफ विश्वविद्यालयका डा. किम्बर्ले हार्टनले गरेका हुन् । उनी भन्छन्, ‘अभिभावकले राति बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने बेला भएको देखिन्छ ।’