मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चिलीमा शक्तिशाली भूकम्प

चिलीमा शक्तिशाली भूकम्प


सान्टियागो, भदौ ३१ । दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।
 
सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको चेतावनी दिएको हो ।
 
अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।
 
अमेरिकी अधिकारीहरुका अनुसार बुधबार स्थानीय समय अनुसार साँझ ७ः५४ मा भूकम्प गएको हो । -(एजेन्सी)