मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

असोज ३ गते दीपावली गर्न प्रवासी नेपाली मञ्चको आह्वान्

असोज ३ गते दीपावली गर्न प्रवासी नेपाली मञ्चको आह्वान्


हिमालय खबर टेक्सास, अमेरिका । नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएकोमा प्रवासी नेपाली मञ्च, टेक्सास राज्य कमिटीले स्वागत गरेको छ । 
 
संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले असोज ३ गते संविधान जारी भएको घोषणा गर्नेछन् । संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेपछि प्रवास नेपालीहरु उत्साहित भएका हुन् । 
 
प्रवासी नेपाली मञ्च, टेक्सास राज्य कमिटीका अध्यक्ष देवी दीपकप्रसाद पाण्डेले विज्ञप्ति जारी गरी नेपालमा लामो समयपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान असोज ३ गते साँझ ५ बजे संविधानसभाबाट घोषणा हुने पक्का भएकाले उक्त दिनलाई खुसियाली पर्वका रुपमा मनाउन आग्रह गरेका छन् । 
 
उनले संसारभरि छरिएका नेपालीलगायत अमेरिकाको टेक्सास राज्यमा बस्ने सबै नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई उक्त दिन पर्वका रुपमा दीपावली गरी खुसियाली मनाउनसमेत आह्वान् गरेका छन् । 
 
नौ वर्षअघिदेखि नेपाली जनताको व्यग्र चाहना र प्रतीक्षापश्चात् संविधानसभामार्फत् संविधान जारी गर्ने अन्तिम मिति सार्वजनिक भएपछि आप्रवासी नेपालीहरुमा खुसीको सञ्चार भएको छ । अध्यक्ष पाण्डेले संविधान निर्माणजस्तो महान् अभिभारा र नेपाली जनताले दिएको मतको सम्मान गर्दै संविधान बनाउने ग्यारेण्टी गरेर अहोरात्र संविधानसभामा खटिएका सभासद् एवम् सरकारलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् ।