मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा तिज महोत्सव भव्य रूपमा सम्पन्न

वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा तिज महोत्सव भव्य रूपमा सम्पन्न


अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजना, रातै रातै भएर सारी ब्लाउज, पोते, तिलहरी र श्रीँगार सहित आएका अमेरिकाबासी दिदी बहिनी आमा र भाउजुहरु, मग मग बसाउँदै थियो दिदी बहिनीले छरेको अत्तर, भर्जिनियाको मनासस सहरमा रहेको Splashdown Water Park, दाजुभाइ पनि के कम कम्मर मर्काउँदै, दिदी बहिनीसँग जोडको तोड गर्दै तिजका गीतमा नाच्न मस्त देखिन्थे । 
 
अमेरिकामा हाल सम्म भएका तिज कार्यक्रम मध्येकै भव्य र रमाइलो भन्दै मज्जा लिँदै थिए दर्शक । प्रमुख अतिथि डा. जूडी र दुवै संस्थाका अध्यक्ष रहनुभएका आयोजक खनालले संयुक्त तिजको गीतमा नाचेर तिज महोत्सव उद्घाटन गर्नुभएको थियो भने निर्णयकहरु र अन्य सहभागीले वहाँहरुलाई साथ दिएका थिए । करिब ५ घण्टा लगातार नाचेर तिज महोत्सव मनाए नेपाली चेलीबेटी र दाजुभाइ सम्म सबैले । कोही हतार हतार नाच्दै म त काममा जानुछ भन्दै निस्किँदै थिए त कोही म त भर्खर काम सकेर आएको ढिला भएँ माफ पाउँ है भन्दै दर खाँदै र नाच्दै थिए । आउने जाने क्रम चलिरह्यो साँझ सम्म । पटलक गरी ल्याइएका विभिन्न परिकारका मज्जा बेग्लै थिए । उद्घोसक उपाध्यक्ष भूपनारायण घर्ति मगर, सचिव परशु तिमल्सिनाहरु दर खान सबैलाई आमन्त्रित गर्दै र पाहुनाको सत्कार मा खट्दै थिए भने पुस्पा घिमिरे, शुभद्रा पराजुली, मन कुमारी थापा, बिमला निरौला, राम अधिकारी, लगायतका आयोजक सदस्यहरू र थुप्रै अरू सहयोगी हातहरुलाई तिजको दर व्यवस्थापन,  नाचगानको व्यवस्थापनमा फुर्सद थिएन । 
 
अमेरिकन भएर पनि नेपाली महिला पोशाकमा सजिएर आएकी तीज महोत्सवकी प्रमुख अतिथि समाजसेबी डा. जुडी फ्रेडिक्सनले आफूलाई तिज कार्यक्रम अत्यन्त मन पर्ने भन्दै आफू यहाँ तिज महोत्सव मनाउन आएको बताउनुभयो । 
 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसीका अध्यक्ष बरिस्थ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रो दुवैले संयुक्त रूपमा आयोजना गरेको यो कार्यक्रम महत्वपूर्ण हुने बताउँदै सबै टिम मेम्बर, उपस्थित दर्शक तथा सहयोगी सबैलाई धन्यवाद र आभार प्रकट गर्नुभयो । 
 
तिजको महत्वका विषयमा समाजसेबी चेतन सिटौला, उपाध्यक्ष भुपनारायण घर्ति मगरले प्रकाश पार्नुभएको थियो भने आगन्तुकलाई स्वागत बिमला निरौलाले गर्नुभएको थियो । चलचित्र नायिका,प्रसिद्ध कोरियोग्राफर अनुपमा प्रसाईं, चलचित्र क्षेत्रका नायक नायिकाहरुका गुरु कोरियोग्राफर नवीन केसी, नाच क्षेत्रकी लोकप्रिय कलाकार लुना श्रेष्ठलाई वहाँहरुले आ आफ्नो क्षेत्रबाट गर्नुभएको योगदानका लागि अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसीका अध्यक्ष रामप्रसाद खनालले तिनै जनालाई दुवै संस्थाका तर्फबाट सम्मान पत्र प्रदान गर्नुभएको थियो भने वहाँहरु तिनै जनाले निर्णायकका रूपमा तीज महोत्सवका प्रथम द्वितिय र त्रितिय क्रमश: सीमा रेग्मी, दुर्गा अधिकारी केसी, कृतिसा कुँवरको छनौट गरी पुरस्कारका लागि घोषणा गर्नुभए पछि अध्यक्ष खनालले वहाँहरुलाई पुरस्कार स्वरूप पदक प्रदान गर्नुभएको थियो । महिला हरुमा नेपाली पोशाक तर्फ अत्तर छेत्री, पुरुष तर्फ चेतन सिटौला, कार्यक्रममा सबैभन्दा बढी सक्रिय भै योगदान दिनुहुने भुपनारायण घर्ति मगरलाई आयोजक संस्थाका तर्फबाट सम्मान स्वरूप पदक प्रदान गर्नुभएको थियो ।