मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बन्दुकधारीद्वारा दुई पाकिस्तानी सञ्चारकर्मीको हत्या

बन्दुकधारीद्वारा दुई पाकिस्तानी सञ्चारकर्मीको हत्या


इस्लामाबाद, २४ भदौ । पाकिस्तानमा गएको २४ घन्टाभित्रमा बन्दुकधारीको आक्रमणमा परी दुई सञ्चारकर्मी मारिएका छन् । यस आक्रमणहरुमा परी अन्य दुई जना घाइते भएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 
 
पाकिस्तानको दक्षिण बन्दरगाह सहर कराँचीमा मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरु बुधबार अपराह्न  वरिष्ठ पत्रकार अफ्ताब अलाम गोली प्रहार गरेका छन् ।  
 
चालीस वर्षीय अलाम निजी लगानीमा चलेका जिओ र समा टेलिभिजन च्यानलमा कार्यरत थिए । आफ्नो घरबाट आफ्ना बालबालिका लिएर विद्यालय पु¥याउने गइरहेका अलाममाथि बन्दुकधारीले आक्रमण गरेको जनाइएको छ । 
 
अलामको घटनास्थलमा नै मृत्यु भएको र आक्रमणकारीहरु त्यहाँबाट भागेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएका छैनन् । तर प्रहरी स्रोतले भने यो आतङ्ककारी आक्रमण नै भएको दाबी गरेको छ । 
 
यसैगरी कराँची सहरमा नै एक भ्यानमा भएको आक्रमणमा जिओ टेलिभिजन ज्यानलका एक इन्जिनियरको मृत्यु भएको छ । साथै सो बन्दुकधारीको आक्रमणमा परी भ्यान चालक भने घाइते भएका बताइएको छ । 
 
जिओ टेलिभिजनको भ्यानमा भएको यस आक्रमणको भने इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएका छन । सो समूहका प्रवक्ताले पाकिस्तानको सञ्चारमाध्यमलाई अफगानिस्तानबाट गरेको टेलिफोनमा सो आक्रमणको दाबी गरेका बताइएको छ ।
 
  खैबर पाख्तुनख्वा प्रान्तका प्रान्तीय राजधानी पेसावरमा बन्दुकधारीको आक्रमण आदिवासी पत्रकार अब्दुल आजाम सिन्वारी घाइते भएका छन् । सिन्वार खैवर पाख्तुनख्वा प्रान्तमा राज्यद्वारा सञ्चालित टेलिभिजनमा कार्यरत रहेको जनाइएको छ । 
 
यस आक्रमणहरुको पाकिस्तानभरिका सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गर्नुका साथै निन्दा गरेका छन् । सञ्चारकर्मीहरुले सरकारसँग आफ्नो सुरक्षाको मागसमेत गरेको बताइएको छ । रासस÷सिन्ह्वा