मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

यमन आक्रमणमा सात भारतीय बेपत्ता

यमन आक्रमणमा सात भारतीय बेपत्ता


नयाँ दिल्ली । साउदी अरबसँग आबद्ध सेनाले मङ्गलबार यमनमा गरेको हवाई आक्रमणमा परी सातजना भारतीय नागरिक बेपत्ता भएको भारतीय विदेश मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

यमनका विद्रोहीलाई लक्ष्यगरी गरिएको यो हवाई आक्रमणको निशाना भारतीय नागरिक चढेको एक डुङ्गा पनि भएको जनाइएको छ । चालकदलका सदस्यसहित २० भारतीय नागरिक बोकेको सो डुङ्गा हवाई आक्रमणबाट प्रभावित भएको बताइएको छ । 

तीमध्ये १३ जनालाई जीवितै उद्धार गरिएको र सात बेपत्ता रहेका सो समाचारमा उल्लेख गरिएको छ । सो डुङ्गा मङ्गलबार सोमालियाको बन्दरगाह सहर बेर्बेराबाट यमनको मोखातर्फ गइरहेको बताइएको छ ।

साउदी अरेबियासँग आबद्ध संयुक्त सेनाले यमनमा गत मार्च महिनादेखि हवाई आक्रमण सुरु गरेका छन् । सो हवाई आक्रमणमा यमनका हुर्थी विद्रोहीलाई लक्ष्यगरी गरिएको जनाइएको छ ।

गत शुक्रबारदेखि संयुक्तसेनाले हुथी विद्रोहीलाई लक्ष्यगरी भीषण आक्रमण सुरु गरेको बताइएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरुले जारी राखेको द्वन्द्वका कारण यमनका राष्ट्रपति अबेद्राराब्बो मन्सुउर हादी भागेर साउदी अरबको शरण पुग्नुभएपछि साउदी अरबले हवाई आक्रमण सुरु गरेको हो ।

जारी द्वन्द्वका कारण भारत यमनको दोस्रो ठूलो सहर आदेनमा अवस्थित आफ्नो राजदूताबाससमेत बन्द गरेको थियो । त्यसको एक महिनापछाडि आफ्नो चार हजार ५०० नागरिकलाई भारतले यमनबाट विस्थापित गरेको थियो । रासस / एएफपी