मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आफु भित्रबाट नै समाधान निकाल्न एनआरएन अमेरिकालाई अदालतको आदेश

आफु भित्रबाट नै समाधान निकाल्न एनआरएन अमेरिकालाई अदालतको आदेश


हिमालय खबर अमेरिका I  टेनसी, एनआरएन अमेरिकाको निर्बाचनको प्रकृयामा धांधली भएको आरोप सहित अदालतमा दायर भएको मुद्धाको बुधबार  फैसला भएको छ । अमेरिकाको टेनसी राज्यको अदालतमा गत अगस्त १९ तारिखमा दायर गरिएको मुद्धाको फैसला गर्दै अदालतले सकभर आफ्नै समिति भित्रको जुडिसियल कमिटिबाट समाधान खोज्नु र जुडिसियल कमिटीबाट भएको फैसलाबाट चित्त नबुझे मात्र अदालतमा पुन आउनु भन्ने फैसला गरेको हो ।

 

गत अप्रिलमा सम्पन्न भएको निर्बाचनको परिणाम पश्चात पराजित मध्येका ९ जना उम्मेदवारले अदालमा मुद्धा दायर गरेका थिए । अदालतमा दायरा गरेको मुद्धामा निर्बाचन आयोगले मतदाताले कति जना र कंहाबाट मतदान गरेका थिए भन्ने पुर्ण आईपि बिबरण माग गरेर मुद्धा दायर गरेका थिए । अदालतले एनआरएन अमेरिकाको बाइलज अनुसार बनेको जुडिसीयल कमिटिमा गएर मुद्धा मिलाउन आदेश दिए पछि यो बिबाद मिलाउने जिम्मा अधिबक्ता दुर्गा भुर्तेल नेतृत्वमा रहेको एनआरएन अमेरिकाको जुडिसीयल कमिटिलाई आएको छ । एनआरएन अमेरिकामा दुर्गा भुर्तेल नेतृत्वको जुडिसिएल कमिटि रहेको भए पनि निर्बाचनमा पराजीत भए पश्चात आफुहरुलाई धांधलीको आंशका लागेको भन्दै ९ जना पराजीत उम्मेदबारहरु अदालत पुगेका थिए ।

 

अदालतमा दाएर भएको मुद्धामा आगामी शनिबार न्युयोर्कमा हुन लागेको एनआरएन अमेरिकाको बिषेश साधारण सभा समेत रोक्न माग गरिएको भए पनि अदालतले साधारणसभा भने रोक्नु नपर्ने बताएको छ । अदालतको यो आदेश पश्चात एनआरएन अमेरिकाको संस्थापन पक्ष साधारणसभाको तयारीमा जोडदार रुपमा जुटेका छन् भने मुद्धा दायर गर्ने पक्ष जुडिसीयल कमिटिको निर्णयको प्रतिक्षामा बसेका छन् ।

अदालतमा एनआरएन अमेरिकाको तर्फबाट निर्बतमान अध्यक्ष खग्रेन्द्र क्षेत्री र बर्तमान अध्यक्ष डाक्टर केशब पौडल उपस्थित थिए ।