मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पर्वत सेवा समाजको तिज विशेष धमका -२०७२ सम्पन्न, कुलेन्द्र र रमिलाले तताय युएई

पर्वत सेवा समाजको तिज विशेष धमका -२०७२ सम्पन्न, कुलेन्द्र र रमिलाले तताय युएई


युएई I सम्पूर्ण पर्वत बाँसी एक हौ भन्ने मुल नाराका साथ युएईमा स्थापना भएको पर्वत सेवा समाजले आयोजना गरेको तिज विशेष धमका -२०७२ सम्पन्न भएको छ । आफ्नो कला संस्कृति र संस्कारलाई जोगाई राख्ने उद्देश्यले हिन्दुनारीहरुको महान चाड हरितालीका तिजको पावन अवसरमा पर्वत सेवा समाजले सो कार्यक्रम आयोजना गरेको थियो ।। युएईमा पहिलो पटक आउनु भएका नेपाली राष्ट्रिय कलाकारहरु लोक गाएक कुलेन्द्र विश्वकर्मा र लोक गायिका रमिला न्यौपा़नेको विशेष उपस्थिती रहेको थियो । 
 
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष राजेन्द्र अधिकारी, प्रमुख अतिथि संस्थाका संरक्षक मणि भुर्तेल, र विशेष अतिथि संस्थाका संस्थापक संरक्षक खिमानन्द भुर्तेलले  कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । विदेशी मरुभुमिमा काम गर्दा गर्दै थकाईमा रहनु भएका  नेपाली दाजु भाई तथा दिदीबहीनीहरुलाई  कुलेन्द्र विश्वकर्माले नजाउ है सानु पधेरीमा, रुमाल हल्लाई हल्लाई, जिम्मालबाको आगनिमा नारन पुजा लाको लगाएतका थुप्रै गितहरुबाट मनोरन्जन दिनु भएको थियो । आफ्नै घरको आगनिमा छमछमी नाचे जस्तै नचाउदै घर परिवारका यादलाई केही हद सम्म भए पनि बिर्साउने गरी लोक दोहोरी गायिका तथा तिज गित नायिका रमिला न्यौपानेले आफ्नो प्रस्तुति दिनु भएको थियो ।
 
विदेशमा काम संग संगै आफ्नो कलाकारीतालाई पनि निरन्तरता दिदै आईरहनु भएका स्थानिय कलाकारहरु हरि डुम्रे, विक्रम पौडेल, सविता आचार्य, डिवी कालीज, र नेपाल बाटै आउनु भएका कालाकार लोकनाथ सापकोटा लगाएतका अन्य  कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा संस्थाको स्थापना कालदेखीनै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएका संस्थाका संस्थापक संरक्षक खिमानन्द भुर्तेलाई दोसल्ला ओढाई सम्मान समेत गरीएको थियो ।। विभिन्न समयमा फरक फरक खालका कार्यक्रमहरु गर्दै आई रहेको पर्वत सेवा समाजले आगामी दिनहरुमा पनि यस्तै संस्कृति झल्कने कार्यक्रमहरु गर्ने भन्दै प्रमुख अतिथि मणि ़भुर्तेल , सभापति राजेन्द्र अधिकारी, कार्यक्रम संयोजक पर्शुराम पौडेल , स्थानिय कलाकार विक्रम पौडेल र पर्वत सेवा समाज दुवै क्षेत्रीय समितिका अध्यक्ष  तिलक सापकोटाले हरितालीका तिजको सबैमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
 
विभिन्न देश विदेशमा घुमे पनि युएई र पर्वत सेवा समाजले निमन्त्रणा गरेको पहिलो कार्यक्रम रहेको भन्दै राष्ट्रिय कलाकार कुलेन्द्र  विकले आयोजक प्रति खुसी ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो ।। दर्शकहरुलाई नाच्दै र नचाउदै सम्पन्न कार्यक्रमको संचालन संस्थाका महासचिव सरोज जिसी र नारायण न्यौपानेले गर्नु भएको थियो ।

शेयर गर्नुहोस:

0
Shares