मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सासको यूलेसमा तीजको रमझम (भिडियो / फोटो फिचर सहित )

टेक्सासको यूलेसमा तीजको रमझम (भिडियो / फोटो फिचर सहित )


हिमालय खबर, टेक्सास  I हरेक वर्ष झैँ यसपाला  पनि अमेरिकाको यूलेस टेक्सासका महिलाहरुले भब्य रुपमा तीज पर्व मनाए I तीजको अवसर पारेर स्थानिय समाजसेवी एवं साँस्कृतिक अगुवा टिका पौडेलले सन् २००५ देखि निजि खर्चमा हरेक साल विशेष कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ I
 
"पछिल्ला वर्ष जस्तै यसपाला पनि पार्कमा यो कार्यक्रम गर्ने सोच थियो तर प्रचण्ड गर्मीका करण घरमै कार्यक्रम गरियो" हिमालाय खबरसंग कुरा गर्दै श्री पौडेलले भन्नु भयो I २५० भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रमको खर्चबारे जिज्ञासा राख्दा बर्षमा एकपल्ट तीजको बेला सबै आमा, दिदी-बहिनी, चेलीबेटीलाई जम्मा गरेर खानपिन, नाचगान गर्दा पाइने रमाइलो र खुशीको अगाडि खर्चको कुराले  के महत्व राख्छ र ? भन्दै 'घरैमा सबै कुरा बनाईएको हो I वरपर, छरछिमेक सबैले सघाउनु भएको छ I विशेष गरेर दिनानाथ न्यौपाने,  हरिश्चंद्र न्यौपाने,  शिव अधिकारी,  ज्योति पाण्डे,  बद्रि कार्कीहरुले निकै सहयोग गर्नु भयो' टिकाले बताउनु भयो I
 
दिउँसैदेखि सुरु भएको खानपिन, नाचगानको सो कार्यक्रम राती ३ बजेसम्म चलेको थियो I उक्त कार्यक्रममा स्थानिय नेपाली समाजका अगुवाहरु गौरी जोशी, राम सी. पोखरेल, विकल ढकाल, विजय राज भट्टराई, सुशील छेत्री, लिला श्रेष्ठ, बलराम पौडेल,हरि थापा, भानु खरेल, धर्म घिमिरे, केदार के.सी. प्रविण ढकाल, बिनया अर्याल, बाबुराम देवकोटा लगायतको उपस्थिति थियो I