मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सासमा कृष्ण जन्माष्टमी (भिडियो सहित )

टेक्सासमा कृष्ण जन्माष्टमी (भिडियो सहित )


हिमालय खबर टेक्सास I ड्यालस-फोर्टवोर्थका नेपालीहरुले संधै झैँ यसपाला पनि धार्मिक-साँस्कृतिक पर्व कृष्ण जन्माष्टमी भब्य रुपमा मनाए I नेपाली साँस्कृतिक तथा आध्यामिक केन्द्र (नेपाली मन्दिर) र हरिहर शक्ति मन्दिरमा बिहानैदेखि हिन्दु धर्मावलम्बिहरुको ठुलो संख्यामा आवागमन भएको देखिन्थ्यो I

नेपाली मन्दिरमा  सुदुर पश्चिम नेपालको विख्यात गौरा नाच, साई भजन टोलीको भजन एवं झुलन कार्यक्रम समेत समावेश थियो I

शक्ति केन्द्र   ड्यालसमा बेलुका ८ वजे सामुहिक पुजन,  झुलन एबं माखन-मिस्रि वितरण तथा कृष्ण जन्मोत्सवको झाँकी प्रदर्शन गरिएको थियो I सयौको संख्यामा भक्तजनहरु उपस्थित भएका थिए र हर्षोल्लास पुर्वक नाच गान गरेका थिए I

पण्डित तुलसीराम कंडेल (शर्मा)का  अनुसार गएको जनवरी १ तारिखदेखि संचालनमा आएको शक्ति केन्द्र ड्यालसले विभिन्न धार्मिक एबं साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ र आउदा दिनहरुमा पनि   यस्ता आयोजनहरु भइरहने छन् I "कुनै पनि गुट फुटमा नलागि निस्वार्थ भावले आफ्नो काम गर्ने गरे सबैको स्नेह पाइन्छ" हिमालय खबर संगको कुराकानीमा पंडित शर्माले बताए I