मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सुभेन्द्र रानाभाटलाई पत्नि शोक

सुभेन्द्र रानाभाटलाई पत्नि शोक


नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य, ड्यालस  फोर्थवोर्थ निवासी  नेपाली समाजका सक्रिय समाजसेवी सुभेन्द्र रानाभाटकी धर्मपत्नि दुर्गा पाठक रानाभाटको गत भाद्र २० गते ( ५ तारिख  सेप्टेम्बर ) आईतबार साँझ ५ बजे निधन भएको छ I क्यान्सर रोगबाट पीडित श्रीमती रानाभाट एक महिनाअघि नेपाल फर्कनु भएको थियो I स्थायी बसोबास पोखरा, कास्की रहेको  ४४ बर्षिय रानाभाटको एक मात्र छोरा २१ बर्षिय सुदुर रानाभाट अमेरिकामा अध्यनरत छन् I

हिमालय खबर परिवार रानाभाट परिवारमा पर्ने गएको यो अपूरणीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दछ I सधै दिवंगत रानाभाटको आत्मालाई चीर शान्ति मिलोस भन्ने कामना गर्दछ I