मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आइएस विरुद्ध कारबाहीको समय भएको छैन: पुटिन

आइएस विरुद्ध कारबाहीको समय भएको छैन: पुटिन


मस्को, १८ भदौ – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइएसका विरुद्धको कारबाहीमा बारेमा रसियाले अहिले नै कुनै काम नगर्ने बताउनुभएको छ ।
 
आइएसका विरुद्ध जारी कारबाहीमा रसियाको सम्लग्नताको बारेमा अहिले नै सोच्ने बेला नभएको उहाँको प्रतिक्रिया थियो ।
 
संयुक्त राज्य अमेरिकाले सिरियामा कारबाहीका लागि रसियाको संलग्नता समबन्धमा कुरेर बसेको भनी हालै दिएको प्रतिक्रिया पछि उहाँको यो भनाई आएको हो ।
 
के रसियाले आइएसका विरुद्धको कारबाहीका क्रममा सहभागिता जनाउँदैन भन्ने एक प्रश्नमा राष्ट्रपति पुटिनले भन्नुभयो– हामीले यसका बारेमा धेरै विकल्प सोच्न सक्छौँ र अहिलेकै लागि भने यो एजेण्डा नहुन सक्छ ।
 
हो हामी यस कामका लागि तयार पनि हुनसक्छौँ तर पनि अहिले नै यसका लागि हामीतयार भने छैनौँ र अहिले यो निर्णयको बेला पनि होइन– उहाँले भन्नुभयो ।
 
रसियाको समाचार समिति आर आइए नोभोस्तीसँग कुराकानी गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।
 
सिरियामा पछिल्लो समयमा आइएसका लडाकूको आक्रमण बढिरहेको र त्यसका विरुद्धमा सैनिक कारबाहीका बारेमा गरिएको पछिल्लो टिप्पणीमा रसियाको यो प्रशङ्ग आएको हो ।
 
बिहीबार संयुक्त राज्य अमेरिकाले रसियाले सिरियामा त्यहाँको सरकारलाई सैन्य तथा अन्य सहयोग दिइरहेको कुरा सार्वजनिक गरेको थियो ।
 
सिरियामा अमेरिकी नेतृत्वमा आइएसका विरुद्धमा हवाई कारबाही गरिएको छ । तर ती हवाई कारबाही त्यति प्रभावकारी देखिएका छैनन् ।
 
राष्ट्रपति पुटिनले ती कारबाहीहरुको प्रभावकारिता नरहेको पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ती कारबाहीहरुको जहाँसम्म कुरा छ, त्यसका कारणले आइएसको प्रभाव घटेकोजस्तो मलाई लाग्दैन । – रासस/एएफपी