मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीको अनशनप्रति जनसम्पर्क समितिको ऐक्यबद्धता

डा केसीको अनशनप्रति जनसम्पर्क समितिको ऐक्यबद्धता


काठमाडौँ । नेपालको चिकित्सा शिक्षा र सेवामा देखिएको विकृति, विसंगति  र माफियातन्त्रको विरोधमा अनशन बस्दे आएका प्राडा गोविन्द केसीको सत्याग्रहप्रति देशविदेशमा बस्ने लाखौँ नेपालीले ऐक्यबद्धता जनाएका छन् । 
 
चिकित्सा सेवा तीन करोड नेपालीको लागि सहज, सुलभ र दिगोरुपमा पहुँच स्थापित होस् भन्ने माग राखी पटक–पटक आमरण अनशन बस्दै आएका केसीले शुक्रबार १२ औँ दिन पुगेको छ । 
 
मानवतावादी डा. केसीले उठान गरेका मागहरु नेपाल र सर्वसाधारण नेपालीहरुको लागि अत्यन्त जायज भएको र सही अर्थमा शिक्षाजस्तो पवित्र काममा भएका बेथिति, विसंगति, व्यापारीकरण र माफियातन्त्रको अन्त्यको लागि नेपाल सरकारले यथासक्य चाँडो पहल गरी यस क्षेत्रको समस्याको निराकरण गरोस् भन्दै डा. गोविन्द केसीको मागप्रति प्रवासी नेपालीलगायत जनसम्पर्क समिति अमेरिकाले ऐक्यबद्धता जाहेर गरेको छ । 
 
नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवम् वेस्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले डा केसीको मागप्रति समर्थन जनाउँदै चिकित्सा क्षेत्रमा देखिएका विकृति र बेथिति अन्त्यका लागि सरकारले माथेमा प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । 
 
डा केसीको पाँचौँ अनशनका क्रममा सरकारले माथेमा आयोगलाई प्रतिवेदनको जिम्मा दिएको थियो । तर सरकारले सो प्रतिवेदन कार्यान्वयन गर्नुको साटो थप मेडिकल कलेजहरुलाई चोर बाटोबाट सम्बन्धन दिएको थियो । तीन महिनाभन्दा बढी समय लगाएर बनाइएको माथेमा प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई तीब्र दबाब आइरहेको छ ।
 
माथेमा प्रतिवेदन अक्षरशः कार्यान्वयन हुनुपर्ने मागसहित डा केसी छैठौँ आमरण अनशनमा छन् । उनी उधारो आश्वासनले अनशन नतोड्ने अडानमा छन् ।