मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डेँगुबाट बुटवलमा एक जनाको मृत्यु

डेँगुबाट बुटवलमा एक जनाको मृत्यु


रुपन्देही (तिलोत्तमा)  । लामखुट्टेबाट सर्ने रोग डेँगुबाट लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक जनाको मृत्यु भएको छ । दाङबाट उपचारको लागि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएका दाङ गोवहडाका १८ वर्षीय दुर्गा माझीको उपचारको क्रममा मृत्यु भएको हो ।
 
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार केही दिनअघि बुटबलको एक निजी अस्पतालमा माझीको उपचार भइरहेकामा त्यहाँ उपचार सम्भव नभएपछि यही भदौ १४ गते लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । माझीको उपचारको क्रममा रगत परीक्षण गर्दा डेँगु फेला परेको अस्पतालले जनाएको छ ।
 
लुम्बिनी अञ्चलका अस्पतालका निमित्त प्रमुख डा राजेन्द्र खनालले माझीमा डेँगु, निमोनिया तथा अन्य रोगसमेत फेला परेको बताउनुभयो । सघन उपचार कक्षमा राखी उपचार गर्दागर्दै  उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ऋषिप्रसाद लामिछानेका अनुसार गत वर्ष जिल्लामा १२ जनामा डेँगु फेला परेको थियो भने यस वर्ष दुई जनामा फेला परेकामा एकजनाको मृत्यु भएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares