मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कि सास देऊ कि लास देऊ: बेपत्ताका परिवार

कि सास देऊ कि लास देऊ: बेपत्ताका परिवार


चितवन । सशस्त्र द्वन्द्व सकिएको लामो समय भए पनि त्यस समयमा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था अझैसम्म पनि बाहिर आउन सकेको छैन । यता बेपत्ता परिवारले आफन्तको सास या लासको माग गरिरहेका छन् ।
 
बेपत्ता पारिएका नागरिकका परिवारले त्यो अतीतलाई अझै बिर्सन सकेका छैनन् । कहाली लाग्दो द्वन्द्वकालमा सरकार र विद्रोही पक्ष दुबैबाट कसैले सन्तान, कसैले जीवनसाथी त कसैले अभिभावक गुमाए । 
 
आफन्तको पर्खाइमा आफूहरूका आँखा अझै नथाकेका माडी नगरपालिका–४ का गुरुदत्त दाहालले बताए । उनका छोरा शिवप्रसाद दाहाल करिब १५ वर्ष अगाडि बेपत्ता भएका थिए । राज्यले बेपत्ता भएका व्यक्तिहरुको खोजी गर्न बेवास्ता गरेको उनको आरोप छ । उनले भने, ‘छोराको बेपत्ता भएको खबरले परिवार मर्माहत भएको उनले दुःखेसो पोखे ।
 
बेपत्ता नागरिकहरुलाई खोज्नको निमित्त बनाइएको बेपत्ता आयोग बनेको पनि ११ वर्ष भइसके पनि बेपत्ता नागरिकको अझैसम्म पनि खोजी गर्न राज्य असमर्थ भएको देख्दा सीता मरहठ्ठाको मुटु भक्कानिन्छ ।
 
‘छात्रवृत्ति, निःशुल्क औषधि र रोजगारीको अवसर हुनुपर्नेमा बेपत्ता नागरिकका छोराछोरी तथा परिवारले माग गर्दै आए पनि राज्यले राहत केहीलाई अझै दिन नसकेको उनको  गुनासो छ  । 
 
बेपत्ता व्यक्तिका अधिकांश परिवारले खोजीमा दिनरात तड्पिँदै बाँच्नु परेको तर खोजी कार्यमा सम्बन्धित निकायले सक्रियता नदेखाएको गुनासो गरेका छन् । द्वन्द्वकालमा श्रीमान् गुमाएकी अनिता गोलेले भनिन्, ‘बेपत्ता भएका मान्छेको अवस्था सरकारले सार्वजनिक गर्नुपर्छ ।’ 
 
१४ वर्षदेखि हराएका श्रीमान्को सम्झनामा आफू सधँै दुःखित हुनु परेको उनले बताइन् । ‘सरकारले लास या सासको व्यवस्था गर्दिए उचित हुने थियो’, उनले भनिन् । बेपत्ता परिवार समाज चितवनकी अध्यक्ष निशा न्यौपानले चितवनमा ३३ बेपत्ता घरपरिवार रहेको जानकारी दिइन् ।
 
जिल्लामा बेपत्ता नागरिक खोजी कार्यमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू सक्रिय रहँदै आए पनि बेपत्ता नागरिकको अवस्था हालसम्म स्पष्ट हुन नसकेको उनको भनाइ छ । बेपत्ता परिवारलाई पैसामा नभुलाई उनीहरुको समाजमा सम्मानपूर्वक बाँच्न सुनिश्चित गर्न राज्यले भूमिका खेल्नु पर्ने अध्यक्ष न्यौपानको भनाइ छ । 
 
नेपालको राजनीतिक अवस्था धेरै अगाडि बढेको भए पनि बेपत्ता परिवारहरुको अवस्था भने जहाँको त्यहीँ रहेको उनले बताइन् । उनीहरुले बेपत्ता भएका आफनो मान्छेको अवस्था बताइदिन सरकार समक्ष माग गरेका छन् । 
 
३२ औँ अन्तर्राष्ट्र्रिय बेपत्ता दिवसको अवसरमा बिहीबार नेपाल रेडक्रस सोसाइटी चितवनले छलफल, अन्तक्र्रिया तथा मैन बत्ती प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सत्य निरोपण आयोग र बेपत्ता परेका व्यक्तिको छानविन आयोगले गर्ने कार्यमा सहयोग गरेर स्थानीयको पीडालाई केन्द्रसम्म पु¥याउन आफूले भूमिका खेल्ने बताए ।
 
बेपत्ता पारिएका व्यक्तिहरुको अवस्थाको सार्वजनिक नहुनु दुःखद भएको भन्दै उनले यथासीघ्र उनीहरुको अवस्था सार्वजनिक गर्न आवश्यक रहेको बताए ।