मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपीडितलाई राजनीतिक दलको सहयोग

भूकम्पपीडितलाई राजनीतिक दलको सहयोग


चितवन । विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण पूर्णरुपमा प्रभावित भएका जिल्लाका बासिन्दालाई यहाँका राजनीतिक दलले सङ्कलन गरेको रकम वितरण सुरू गरेका छन् । 
 
भूकम्पपछि वैशाख १७ गते जिल्लाका सबै राजनीतिक दलका प्रमुख र प्रतिनिधि रहेको २३ सदस्यीय सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समिति गठन गरी आर्थिक सङ्कलन थालिएको थियो । सो क्रममा रु ५९ लाख दलहरूले सङ्कलन गरेका थिए । 
सो रकममध्येबाट भूकम्पबाट पूर्ण प्रभावित प्रतिपरिवार एक हजार ५०० रूपैयाँका दरले रकम वितरण कार्य बिहीबार
 
चन्डिभञ्ज्याङबाट सुरू गरिएको हो । सचिवालय सदस्य जीतनारायण श्रेष्ठका अनुसार चन्डिभञ्ज्याङमा पूर्णरुपमा प्रभावित २६३ परिवारलाई तीन लाख ९४ हजार ५०० रूपैयाँ हस्तान्तरण गरिएको छ । दलका प्रमुखहरूले चन्डिभञ्ज्याङ गाविसका कर्मचारी लक्ष्मण चेपाङलाई गाविसको सर्वदलीय संयन्त्रको रोहवरमा नगद हस्तान्तरण गरेका हुन् । 
 
समितिले बिहीबारनै दारेचोक गाविसका एक हजार १६३ घरपरिवारलाई प्रतिपरिवार एक हजार ५०० का दरले १७ लाख ४४ हजार ५०० रूपैयाँ पनि हस्तान्तरण गरेको छ । गाविस सचिव निलकण्ठ लामिछानेलाई गाविसको सर्वदलीय संयन्त्रको रोहवरमा दलका प्रमुख एवम् प्रतिनिधिले नगद हस्तान्तरण गरेका हुन् । 
 
सोही अवसरमा नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरूङ, नेकपा (एमाले) चितवनका अध्यक्ष जेएन थपलिया, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका अध्यक्ष बद्री तिमल्सिना, राप्रपाका अध्यक्ष रामहरि कुँडेल, नेकपा (माले)का सचिव पर्शुराम लामिछाने, नेकपा–माओवादीका सेक्रेटरी सुरेश गौतम, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष अमर क्षेत्रीसहित सचिवालयका सदस्यको उपस्थिति रहेको थियो । 
 
समितिले सङ्कलन गरेको रकम क्रमशः प्रभावित परिवारलाई स्थानीय निकायमार्फत वितरण गर्ने जनाएको छ । बचेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ । 
 
दैवीप्रकोप उद्धार समिति चितवनले दिएको जानकारीअनुसार भूकम्पका कारण जिल्लामा तीन हजार ७२५ घर पूर्णरुपमा क्षति भएका छन् भने १२ हजार २४ घर आंशिक क्षति भएका छन् । चार सय १६ घरधुरीलाई अन्यन्त्र स्थानान्तरण गरिएको छ ।