मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिन्दुराष्ट्र कायम नभई आमरण अनशन नतोडिने

हिन्दुराष्ट्र कायम नभई आमरण अनशन नतोडिने


काठमाडौँ । हिन्दुराष्ट्र कायम गर्नको लागि हिन्दु युवाहरूले आमरण अनशन बसेको बिहीबार चार दिन भएको छ । युवा उठौं, जागौ, नेपालको पहिचान, नेपालको स्वाभिमानको रक्षा गरौं, सनातन हिन्दु राष्ट्र कायम गरौं, भन्ने नाराको साथ राष्ट्रिय हिन्दू यूवा मञ्चका युवाहरू अब बन्ने संविधानमा नेपाललाई सनातन हिन्दु राष्ट्रको रूपमा सम्बोधन गर्नुपर्ने माग राख्दै अनसन बसेका हुन् । 
 
काठमाडौंको खुलामञ्चमा सञ्चालित अनसन स्थलमा विभिन्न क्षेत्रका व्यक्तित्त्वहरू आएर अनसनप्रति समर्थन, एक्येबद्धता, प्रतिबद्धता जनाएको अनसनको सचिवालय सदस्य उमाकान्त सुवेदीले सञ्चार क्षेत्रलाई जानकारी गराए ।
 
हिन्दुराष्ट्र कायम गर्ने मागको साथमा गौ हत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानूनतस् बन्द हुनुपर्नेलगायतका सात बुदे माग अनसनका आयोजकले राखेका छन् । हिन्दु राष्ट्र घोषणा नभएसम्म अनसन नतोडिने अनसनमा सहभागी चारै जना अनसनकारीले सङ्कल्पित धारणा व्यक्त गरेका छन् ।
 
गोव्रती योगी सोमराज, स्वामी हरिहर, नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरे, लोकेस ढकाल, राप्रपा नेपालकी सभासद् सीता ज्ञवाली लुइँटेल, साहयक महामन्त्री तारानाथ लुइँटेल, उपाध्यक्ष टंकप्रसाद ढकाल र विश्व हिन्दु महासंघका सभापति निलप्रसाद भण्डारीलगायतका व्यक्तित्त्वहरूले सम्बोधन तथा एकबद्धता जनाएका छन् । 
 
अझैसम्म सरकार तथा सम्बन्धित निकायबाट हुनुपर्ने सुनुवाई नभएको गुनासो गर्दै अनसनको संयोजन संस्था राष्ट्रिय धर्मजागरण अभियान नेपालका सह–संयोजकसमेत रहेका संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदीले आमरण अनसनजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित निकाय लाचारी बन्छ भने आन्दोलनको आँधी देशव्यापी रूपमा थामी नसक्नु भएर उठ्ने बताउँछन् ।
 
विभिन्न तवरबाट हिन्दूराष्ट्रको पक्षमा आवाजहरू उठिनै रहेको सन्दर्भमा राजधानीको मुटु खुलामञ्चबाटै हिन्दू युवाहरूले आमरण अनसन गर्नुलाई सामान्य लिन नहुने, यसको माग अविलम्ब सुनुवाई नभएमा हिन्दू राष्ट्रको मागको आन्दोलन झनै चर्कने, अन्य विभिन्न मागका आन्दोलनको चपेटामा परेको सरकार तथा सम्बन्धित पक्षलाई झन चर्कन सक्ने हिन्दूहरूको आन्दोलन थप चुनौतीपूर्ण हुनसक्ने विश्लेषकहरूले बताएका छन् ।