मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माथेमा प्रतिवेदन अक्षरशः पालना नगर्न चेतावनी

माथेमा प्रतिवेदन अक्षरशः पालना नगर्न चेतावनी


काठमाडौँ । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज नेपालले शिक्षामन्त्री चित्रलेखा यादवलाई माथेमा प्रतिवेदन अक्षरशः पालना नगर्न चेतावनी दिएको छ ।

आफूहरु ‘निजी लगानीमा सञ्चालन गरिने प्रविधिक महाविद्यालय (क्याम्पस)सम्बन्धी आधारभूत नीति, २०६३’अनुसार नै सञ्चालित भएकाले पूर्वाधारसहित अरबौंँ लगानी गरी अस्पताल सञ्चालन गरिरहेका प्रस्तावित चिकित्सा कलेजको सम्बन्धनबारे सरकारले यथोचित समाधान दिनुपर्ने सो एसोसिएसनको माग छ ।

माथेमा प्रतिवेदन कार्यान्वयनको माग गर्दै गत सातादेखि अनशनमा रहनुभएका प्रा डा केसीले निजी क्षेत्रलाई जथाभाबी सम्बन्धन दिँदा यस क्षेत्रमा माफियाकरण बढ्ने जनाउँदै आउनुभएको छ ।

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका थुप्रै विषय सकारात्मक भए पनि हाल १५० को दरबन्दीमा विद्यार्थी भर्ना गराएका कलेजले १०० मात्र विद्यार्थी भर्ना गराउनेसम्बन्धी सुझाव लागू गर्न नसक्ने एसोसिएसनका कावा अध्यक्ष डा सुरेशकुमार कनोडियाले दिएको ज्ञापनपत्रमा उल्लेख छ ।

एसोसिएसनले सरकार र निजी कलेजबीचको टकराबको स्थिति आउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै आफ्ना माग सात दिनभित्र पूरा नगराइए सबै चिकित्सा तथा दन्त कलेज र अस्पताल बन्द गरी आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

सन्तुलनको नीति लिनुपर्छ : मन्त्री यादव
मागपत्र बुझेपछि मन्त्री यादवले माथेमा प्रतिवेदन सरोकार भएकाहरुसँग छलफल गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो ।

उहाँले सो विषयमा सन्तुलनको नीति लिएर अघि बढ्नुपर्ने बताउँदै अनशनरत प्रा डा केसी र एसोसिएसन तथा अन्य पक्षलाई वार्तामा बोलाई वस्तुपरक सोचका साथ निर्णयमा पुगिने जानकारी दिनुभयो । रासस