मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रा डा केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रा डा केसीको स्वास्थ्य अवस्था गम्भीर


काठमाडौँ । एघार दिनदेखि आमरण अनशन बस्नुभएका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा डा गोविन्द केसीको स्वास्थ्य खराब देखिन थालेको छ ।

रक्तचाप, मुटुमा खराबी, श्वासप्रश्वासमा समस्या भएको उपचारमा संलग्न डा दिया सिंहले जानकारी दिनुभयो । उहाँले प्रा डा केसीको स्वास्थ्यस्थितिमा खराब देखिन थालेपछि प्रा डा प्रदीपकृष्ण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।

माथेमा प्रतिवेदन कार्यान्वयन, विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा अन्त्य, प्रतिवेदनले दोषी ठह¥याएका ‘आइओएम’का पदाधिकारीलाई कारबाही, जानकी मेडिकल कलेजमा चाँडो पठनपाठनको व्यवस्था, वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ति, फर्जी र नक्कली बिरामी देखाएर पैसा असुल्ने चिकित्सा कलेजलाई कारबाहीलगायत आठसूत्रीय माग राखी अनशन बस्नुभएको हो ।

अनशनका क्रममा डा केसीले चिकित्सा शिक्षाको स्पष्ट नीति नहुँदा चिकित्सा क्षेत्र गुणस्तरीयभन्दा व्यावसायीकरण हुँदै गएको बताउनुभयो । “काठमाडौँमा बस्ने व्यक्तिले लिन पाउने सुविधा र हुम्लामा बस्नेले पाउने सुविधा बराबरी हुनुपर्छ, त्यसका लागि अनशन बसेको हुँ”प्रा डा केसीले भन्नुभयो । रासस