मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणी नदीमा डुबेर वृद्धको मृत्यु

नारायणी नदीमा डुबेर वृद्धको मृत्यु


चितवन । चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्दाजी ६५-७० वर्षका देखिने वृद्धको नदीमा डुबेर मृत्यु भएको हो । 
 
सोमबार नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवा सुरज घिमिरेले पौडेर ती वृद्धालाई निकालेको र त्यसको १५ मिनेटपछि पानी निकाल्ने क्रममै उनको मृत्युभएको जानकारी देवघाटका प्रहरी हवल्दार सीताराम पौडेलले घिमिरेले दिनुभयो ।
 
अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । वृद्धको सनाखत भने हुन सकेको छैन । 
 
नदी किनारमा रहेका वृद्धा एक्कासि डुब्न पुगेको देखेपछि आफूले पौडेर उद्धार गरिएको सुरज घिमिरेले बताउनुभयो । सुरजले यसअघि पनि डुबेका बालबालिकाको उद्धार गर्दै आएको स्थानीयवासीले बताएका छन् । रासस