मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी चौकी र एमाले पार्टी कार्यालयमा आगजनी

प्रहरी चौकी र एमाले पार्टी कार्यालयमा आगजनी


वीरगञ्ज । आन्दोलनकारीले सोमबार वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । 
 
जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ बजेदेखि वीरगन्ज उपमहानगरपालिका निषेधाज्ञा घोषणा गरेपछि आक्रोशित भएका  आन्दोलनकारीको समूहले प्रहरी चौकीमा कार्यरत रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरी लखेटेपछि चौकीमा राखिएको फर्निचर, कागजपत्रलगायत सामानमा आगजनी गरेका हुन् ।
 
त्यस्तै एमाले पार्टी कार्यालय भवनको ढोकाको ताल्चा फुटाली कार्यालयमा राखिएका फर्निचर, कागजपत्र, पार्टीको झन्डालगायत सामान जलाएको प्रहरीले जनाएको छ । रासस