कठमाडौँ । सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि सरकारले निर्वाह गर्नुपर्ने दायित्व र भूमिकालाई ध्यानमा राखी महत्वपूर्ण निर्णय गरिसकेकाले प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा रिजालले भन्नुभयो–“चिकित्सा क्षेत्रको सुधारका लागि डा केसी अनशन बस्नुभएको छ, उहाँको अनशन चाँडै अन्त्य होस्, अहिले नै बन्द गर्नुहोस् भन्ने लागेको छ, नेपाल सरकार मातहतका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर अध्ययन र निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठानको सुधारका विषयमा मन्त्रिपरिषद्ले पहिले नै केही निर्णय गरिसकेको छ ।”
मन्त्री डा रिजालले उल्लिखित समस्याको समग्र व्यवस्थापन गर्ने विषय प्रधानमन्त्रीले चाँडो टुङ्ग्याउनु भन्नुभएबमोजिम सो विषय मन्त्रिपरिषद्, सामाजिक समितिमा पुगी केही निर्णय भइसकेको र केही हुन बाँकी रहेको बताउँदै मन्त्रिपरिषद्को सामाजिक समितिको बैठक बसेर नियमकानुनले दिएसम्म निर्णय गरिने उल्लेख गर्नुभयो ।
सरकारले कानुन सेवाको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त गर्नुभएका राजुमानसिंह मल्ललाई धन्यवाद व्यक्त गर्दै उहाँको राजीनामा स्वीकृत गरेको छ । रासस










प्रतिक्रिया