मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वीरगन्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

वीरगन्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु


वीरगन्ज । प्रहरीले प्रहार गरेको गोली लागेर सोमबारसाँझ यहाँ एकको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा पर्सा मनियारी गाविसका दिलीप चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । निषेधाज्ञाका समयमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा स्थिति नियन्त्रणमा लिन वीरगन्जको राधेमाई चोकमा सोमबारसाँझ सुरक्षाकर्मीले चलाएको गोलीबाट घाइते भएका चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । 
 
त्यस्तै प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि स्थिति नियन्त्रणमा लिइने क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर बालक इरफान अन्सारी र मुन्ना यादवसहित आठ जना घाइते भएको सुरक्षा स्रोतले जनाएको छ । 
 
उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल र नेसनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । 
 
आज दिउँसोदेखि नै नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्ली चोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको पटक पटकको झडपपछि वीरगन्ज तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले आज ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । 
 
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले वीरगन्जको शङ्कराचार्य प्रवेशद्वार, वीरगन्ज भन्सार कार्यालय, रजत जयन्ती चोक, छपकैया, बिर्ता, मकालु चोक, आदर्श, माईस्थान, घन्टाघर, श्रीपुर, पावर हाउस, नगवा, बसपार्क, प्रतिमा चोक गण्डक चोकसम्मको लोकमार्गको क्षेत्र, होटल मकालु, भाजुरत्न चोक, कैलाश होटल चोक र घडिअर्बा पूर्वतर्फको बाटो, कभर्ड हल पूर्वतर्फको बाटोदेखि बनारसी चोकको पूर्वतर्फ तथा गोश्वारा रोडदेखि घन्टाघरसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । 
 
त्यस्तै जिल्ला प्रशासन कार्यालयको चारैतर्फ भएको सहायक मार्ग क्षेत्र र पावर हाउस चोकदेखि राधेमाई चोकसम्मको क्षेत्रमा पनि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ । 
 
प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्दै वीरगन्जका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले वीरगन्जको रानीघाटस्थित अस्थायी प्रहरी बिट तथा गण्डक र छपकैया प्रहरी चौकीमा आगजनी गरेको स्थानीयवासीले बताएका छन् । 
 
त्यस्तै केही प्रदर्शनकारीले नेकपा९एमाले०को पार्टी कार्यालयमा समेत आगजनी गरेको बताइएको छ  तर यसबारे प्रहरीले पुष्टि गरेको छैन । अहिले स्थिति नियन्त्रणमा लिन वीरगन्ज क्षेत्रमासुरक्षाकर्मीलाई व्यापक  परिचालन गरिएको छ । 
थप अराजक स्थिति हुन नदिन र नियन्त्रणभन्दा बाहिर नजान दिनका लागि आवश्यक सम्पूर्ण उपाय अवलम्बन गरिएको पर्साका प्रजिअ केशवराज घिमिरेले बताउनुभयो । रासस