मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबारदिउँसो एक महिलाको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं १७ बद्रेनीकी २५ वर्षीया जानकी चौधरी रहेकी छन् । हात्ती प्रजनन् केन्द्र खोरसोरभन्दा करिब डेढ सय मिटरभित्र जङ्गलमा घाँस काट्न गएका बेला उनलाई बाघले आक्रमण गरेको हो । 
 
बाघ आक्रमणले गम्भीर बनेकी उनको घटनास्थलमै मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार यस आवमा बाघको आक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । गत आवमा निकुञ्जभित्र बाघले चार जनाको ज्यान लिएको थियो ।