मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोलोराडो लङमन्ट निवासी नेपालीहरूको पिकनिक सम्पन्न

कोलोराडो लङमन्ट निवासी नेपालीहरूको पिकनिक सम्पन्न


 अगष्ट ३०,२०१५,- कोलोराडो स्थित लङमन्टमा  रहेका नेपालीहरू बिच भेटघाट, एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको  पिकनिक विभिन्न कार्यक्रम सँगै आइतबार सम्पन्न भयो ।
 
लङमन्टका मेयर डेनीस एल कम्स र मीसेस कृष्टिनाको विशेष उपस्थितिमा सम्पन्न पिकनिकमा वरिष्ट चलचित्र निर्देशक तुलसी घिमिरे, नेपाली घरका अध्यक्ष योगराज गौतम, समाज सेवी डाईनामीक बुना, जन सम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, जन सम्पर्क समिति कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको कार्यक्रममा उपस्थिति रहेको थियो । त्यसैगरी अन्य अतिथिहरूमा अन्तराष्ट्रिय कलाकार मन्चका अध्यक्ष साबु गदाल, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष भुपेन्द्र महत, नेवा खःलका अध्यक्ष पे्रमकाजी श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका पब्लिक रिलेसन अफिसर टिका पौडेल, नायक नवराज श्रेष्ठ, गायक विजय अधिकारी, गुरुङ्ग समाजका सन्तोष गुरुङ्ग लगायत विभिन्न अतिथीहरुको कार्यक्रमा उपस्थिति रहेको थियो । 
 
स्थानीय रमणिय पार्कमा सम्पन्न कार्यक्रममा स्थानीय समाज सेबी नारायण श्रेष्ठले उपस्थित अतिथीहरु सबैलाई स्वागत गर्दै  लङमन्ट सिटीमा झण्डै ५ सय नेपाली बसोबास गर्ने भएपनि एक अर्कामा चिनाजानी नभएकोले  आफसमा चिनाजानी, समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए ।  त्यस्तै गरी मेयर  डेनीस एल कम्स यति धेरै नेपाली जम्माहुने समारोहमा आफूलाई आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवाद दिदै लङमन्ट बसोबासको लागी राम्रो सहर भएको र आवासको लागी यस सहर रोजेकोमा सबैलाई धन्यवाद दिए । उनले नेपाली समाजको हक हित र विकासको लागी आङ्खनो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । 
 
जोशन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बाल कलाकार आश्वीनी श्रेष्ठ र  जानवी गुरुङ्गको सुमधुर सङ्गीतले सहभागीको मन जित्न सफल भएको थियो । त्यस्तैगरि सञ्जय प्रधान, प्रमोद श्रेष्ठले नेपाली राष्ट्रिय गीत गायर मनोरञ्जन गराएका थिए । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न पूर्ण श्रेष्ठले सहभागीहरुलाई बिङ्गो खेलाएका थिए । बाल बालिकाहरुलाई मनोरञ्जन प्रदान गर्न म्यूजिकल चियर, स्पोन एण्ड मार्वल, पिन्याता लगायतका खेल प्रतियोगिताको आयोजना गरिएको थियो । खेलमा विजयी प्रतियोगीहरुलाई नगद तथा अन्य पुरस्कार प्रदान गरिएको थियो ।
 
कार्यक्रममा कतिपयले आवश्यक पर्ने पानी, अचार, सोडा, साउन्ड सिष्टम लगायतका सामग्री सौजन्य उपलब्ध गराएका थिए । स्थानीय युवाहरूको विशेष सक्रियतामा सम्पन्न पिकनिकोलागी आवश्क खानेकुुरा स्थानीय एभरेष्ट रेष्टुरेष्टका प्रेमकाजी श्रेष्ठले तयार बनाई सहयोग गरेका थिए । 
 
झण्डै दुईसय भन्दा बढी स्थानीय नेपालीहरूको उपस्थिति रहेको कार्यक्रम धेरै राम्रो र रमाइलो भएको सहभागीहरुले प्रतिक्रिया जनाएका थिए । आगामी दिनमा सम्पर्क गर्न सजिलोहोस् भन्ने उद्धेश्यले सहभागी सबैको नाम ठेगाना, सम्पर्क नंम्बर,र इमेल सङ्कलन गरिएको थियो ।