मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा डिसी नेपाली समाजले नेपाल र रक्षा बन्धन लाई यसरी सम्झायो

अमेरिकामा डिसी नेपाली समाजले नेपाल र रक्षा बन्धन लाई यसरी सम्झायो


रक्षा बन्धनको दिन । अध्यक्ष अरुण रुपाखेतिको सेन्टरभिल स्थित निवास पुग्दा लाग्थ्यो नेपालनै पुगियो । पण्डित राजेन्द्र खनाल सहितका पण्डितहरु कोही पाठ पूजा गर्दै थिए त कोही आगन्तुक लाई जनै फेराउँदै र हातमा डोरो बानिदिँदै । डिसी नेपाली समाजका पदाधिकारी तथा सदस्यहरु कोही पाहुना लाई स्वागत, कोही प्रसाद बितरण त कोही त्यहाको काम मा सक्रिय थिए । प्रसादी मात्र थिएन त्यहाँ । क्वान्टी पाकेको थियो । श्रीमती अध्यक्ष अजिता रातभर नसुतेर क्वान्टी पकाएकी रहेछन भने टिम मिलेर प्रसादी । महासचिब कमल पोखरेल हातमा आइ प्याड बोकेर खिच्दै सचित्र बयान गर्दै थिए भने उपाध्य्क्ष दधी ढुंगाना पाहुना स्वागत गर्दै ।
 
नेपाल को वास्तविक रुप थियो त्यहाँ को बातावरण । डोरो बान्ने र जनै फेर्नेहरु लाइनमा बसेर पालो पर्खन्दै गरेको द्रिस्य हेर्न लायक थियो नेपाल मदर बिहान ८ बजे त्यहाँ पुग्दा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रोका उपाध्यक्ष भुप नारायण घर्ती मगर देखी सदस्य शुभद्रा पराजुली, अनिल खनाल लगायत थुप्रै नेपाली डोरो बान्दै थिए । बिहान देखी साँझ सम्म कारीब पन्ध्र सय नेपालीहरु शाहअभागेए भएको उक्त सफल कार्यक्रमका लागि डिसी नेपाली समाज परिवारलाई नेपाल मदर डट कम हार्दिक बधाई ज्ञापन गर्दछ ।