मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्छ– अर्थमन्त्री

आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्छ– अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १६औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अबको मूल मुद्दा आर्थिक विकास हुनुपर्नेमा जोड दिनुभयो । 
 
अर्थमन्त्री महतले भन्नुभयो, “आर्थिक प्रवद्र्धन कसरी गर्न सकिन्छ, लगानीको वातावरण कसरी बनाउन सकिन्छ र उत्पादन वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयले महत्व पाउनुपर्छ ।” संविधान लेखनका अधिकांश समय राजनीतिक तथा भावनात्मक मुद्दामा मात्र केन्द्रित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पत्रकारिताको मुख्य मुद्दा आर्थिक विषय हुनुपर्छ ।”
 
पछिल्लो समयमा अधिकारमात्र खोज्ने तर कर्तव्य पालना गर्नुनपर्ने सोचको विकास भइरहेको अर्थमन्त्री महतको भनाइ थियो । उहाँले आफ्नो अधिकारको विषयमा आवाज उठाउँदै गर्दा अरुको अधिकार अतिक्रमण गर्न नहुने बताउँदै हत्या हिंसाले प्रश्रय पाउन नहुने धारणा राख्नुभयो । 
 
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारिता अग्र पङ्तिमा आउनुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका र सेजनका अध्यक्ष विज्ञानविभु अधिकारीले मुलुकको आर्थिक विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने धारणा राख्नु भयो । यस साधारणसभाले सेजनको नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्नेछ । रासस