मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लगातारको बन्दबाट पेट्रोलियम पदार्थको अभाव

लगातारको बन्दबाट पेट्रोलियम पदार्थको अभाव


सप्तरी । मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सप्तरीमा पेट्रोलियम पदार्थको अभाव भएको छ 
सदरमुकाम राजविराजमा रहेका अधिकांश पेट्रोल पम्प तथा डिपोमा पेट्रोल र डिजेलको अभाव हुनुका साथै खाद्यान्नको पनि अभाव देखिएको छ । 
बजारमा पेट्रोल र डिजेलको अभाव भएपछि छिमेकी भारतीय बजारमा महँगो शुल्क तिरेर तेल किन्न जानुपर्ने बाध्यता रहेको  एम्बुलेन्स चालक बताउँछन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल असपतालमा करिब डेढ दर्जन एम्बुलेन्स सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।
 
भारतीय बजार  कुनोली, भीमनगर, वीरपुरको बजारमा गएर प्रतिलिटर भारु २०० मा तेल किन्नु परेको एम्बुलेन्स चालकको भनाइ छ । रासस