नवलपरासी । आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्ने त्रासले नवलपरासीको सीमा क्षेत्रको प्रहरी चौकीहरुलाई अन्य क्षेत्रमा स्थानान्तरण गरिएको छ ।
थरुहट र मधेसी मोर्चाको आन्दोलनका कारण सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकीहरु मर्ज गरिएको जनाइएको छ ।
नवलपरासीमा बुधबार आन्दोलनकारीहरुले निषेधाज्ञा तोड्ने प्रयास गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले गोली चलाउँदा गोली लागेर दुई जना घाइते भएका थिए ।
सम्भावित घटनालाई मध्यनजर गर्दै सिमाका प्रहरी चौकीहरुलाई मर्ज गरिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । बसैया, सनइ र गेर्मीलाई एक ठाउँमा र भुजहवा, पचेडा, महेशपुर र अमानीगाउँ चौकीलाई एक ठाउँमा मर्ज गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उता बुधबार राति सनई प्रहरी चौकीलाई स्थानान्तरण गरिएपछि आन्दोलनकारीले चौकीमा रहेको प्रहरीको लत्ताकपडालगायत खाद्यान्न सामग्री जलाइदिएका छन् ।
यसैबीच राष्ट्रिय मधेस समाजवादी पार्टी नवलपरासीले बिहीबार बेलाटारी क्षेत्रमा अखण्ड नवलपरासीको माग राख्दै वेलाटारी क्षेत्रमा साइकल ¥याली निकालेका थिए ।
प्रतिक्रिया